स्थानीय तह कर्मचारी हकहित मञ्चको संयोजकमा बेदराज

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । स्थानीय तह कर्मचारी हक़हित मंच नेपालको केन्द्रीय संयोजकमा बेदराज अधिकारी चयन हुनुभएको छ ।
सोमबार भएको भर्चुअल बैठकबाट  अधिकारीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व क़ायम गरिएको छ ।

जसअनुसार  प्रदेश १ बाट सदस्यमा उदय मैनाली र संजु दाहाल, प्रदेश २ बाट गौरब लामिछाने र सरोज यादव, बागमती प्रदेशबाट निमकिरण डांगी र कबिता चौहान, गण्डकी प्रदेशबाट सुबोध खनाल र युवराज पौडेल, लुम्बिनी प्रदेशबाट ओम राना क्षेत्री र पवन बूढ़ा, कर्णाली प्रदेशबाट रेशम रेग्मी र मेघराज खत्री, सुदूरपश्चिम प्रदेशबाट सूरजप्रसाद जोशी र नीरज धामी रहनुभएको छ । समितिको सदस्य सचिबको जिम्मेवारी  बीरबहादुर विष्टले पाउनुभएको छ  ।

देशभरिका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हक अधिकारको संरक्षण गरी सामूहिक सौदाबाज़ी गर्न स्थानीय तह कर्मचारी हक़हित मंच नेपालको केन्द्रीय संयोजन समिति गठन भएको समिति सदस्य युवराज पौडेलले पोखरा न्यूजलाई जानकारी दिनुभयो  ।

देशभर संगठन विस्तार गरी छिटो भन्दा छिटो   राष्ट्रिय महाधिवेशन गर्ने, मञ्चको विधानलाई अन्तिम रूप दिने तथा स्थानीय तहका कर्मचारीको बिधमान समस्यालाई राष्ट्रिय रूपमा उठान गर्दै आफ्नो अधिकारको लागी अगाड़ी बढ़ने कार्यभार सहित समिति गठन भएको हो ।

समितिले बिगत केही समयदेखी चर्चामा रहेको कर्मचारीको छाता ऐन संघीय निजामति ऐनमा राखिनु पर्ने स्थानीय तहका कर्मचारी सम्बन्धी ब्यबस्थाहरूलाई समेट्न विभिन्न ट्रेड यूनियन तथा आधिकारिक ट्रेड यूनियनसँग बैठक तथा ज्ञापन पत्र हरू बुझाउने कार्य गरीरहेको छ ।

सोही क्रममा  स्थानीय तहमा कार्यरत कर्मचारीका मागका सम्बन्धमा कर्मचारीको छाता ऐन संघीय निजामति ऐनमा समेटिनु पर्ने विषयहरूलाई कसरी  समेट्न सकिन्छ भन्ने विषयमा यहीं  जेठ ८, ९ र १० गते विभिन्न कर्मचारी ट्रेड यूनियनका अध्यक्ष तथा प्रतिनिधिहरुसँग भर्चुअल बैठकबाट छलफल तथा अन्तरक्रिया समेत सम्पन्न भएको गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै सदस्य बन्नुभएका पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button