१०० किलो गाँजासहित एम्बुलेन्स चालक समेत दुई पक्राउ

पाेखरा न्यूज । एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित २ जनालाई धरानमा प्रहरीले पक्राउ गरेकाे छ ।

सुनसरी जिल्लाकाे धरान उपमहानगरपालिका-२ स्थित सडकबाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका-१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडिको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button