थप ३७० जनामा कास्कीमा कोरोना संक्रमण पुष्टि

गण्डकीका सबै जिल्लाहरुमा १ हजार ७९ संक्रमित थपिए

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साेमबार कास्कीमा १९७ जना पुरुष तथा १७३ जना महिला गरी ३७० जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा २ हजार २२३ जनाको नमुना परीक्षण गरिएकोमा थप १ हजार ७९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ३७० सहित म्याग्दीका ३६जना,  स्याङ्जाका ५० जना, बाग्लुङका ११ जना, पर्वतका ६५ जना, तनहुँका १६६ जना, गोरखाका २१८ जना, लमजुङका ३६ जना,  नवलपुरका ११८ जना   मुस्ताङका ८ जना  र मनाङ १ जना गरी प्रदेशका ११ जिल्लामा ५९९ पुरुष तथा ४८० जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ९५४  पुगेको छ।  पछिल्लो २४ घण्टामा ९४१ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २६ हजार ६३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ५७७ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button