आजको राशिफल : जेठ १४ गते शुक्रबार

पोखरा न्यूज , वीरेन्द्र सापकोटा । आज मितिः २०७८ जेठ १४, शुक्रबार, नेपाल सम्वत् ११४१, तदनुसार मे महिनाको २८, २०२१, ज्येष्ठ कृष्णपक्ष, सम्वत्सरः राक्षस ।

तिथिः द्वितीया घ.प.१८ः४७(१२:४२) नक्षत्रः मूलम्., योगः साध्य, करणः वणिज, आनन्दादी योग  स्थिर

चन्द्रमाः धनु, सूर्यः वृष, अयनः उत्तरायण

सूर्योदयः ५ः११

सूर्यास्तः १८ः५२

आजको राशिफलः

मेष. आजको तपाईँको दिन राम्रो रहेको छ । मन सुविचारले भरिएर आउँदा कामहरू सफलताका साथ सम्पन्न हुने देखिन्छ । आफन्तले सहयोगको हात बढाउनेछन् । मित्रता गाँसिने दिन रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

वृष. तपाइको लागि आजको दिन त्यति राम्रो मान्न सकिँदैन । अपजस पाउने दिन रहेकाले नयाँ कार्यको थालनी नगर्दै राम्रो हुनेछ । दुर्घटना भयको सम्भावना देखिने हुँदा सतर्कता अपनाउनुहोला । स्वास्थ्यमा समस्या आउन सक्ने योग रहेको छ । काममा व्यवधान हुने छ ।

मिथुन. मान सम्मान प्राप्त हुने दिन रहेको छ । गरेको काममा सफलता प्राप्ति हुनेछ । नयाँ–नयाँ कार्यको थालनी हुनेछ । आफन्तले सहयोग गर्दा मनमा प्रफुल्लता बढ्नेछ । सन्तोष गरेर नै दिन व्यतीत हुनेछ । समग्रमा दिन राम्रो रहेको छ ।

कर्कट. आजको दिनमा तपाईँले गरेका कार्यमा व्यवधान आउने सम्भावना रहेको छ । मान सम्मानमा आँच पुग्नेछ । आलस्यताका कारण काममा वा पढाइमा समेत मन जाने देखिँदैन । मनमा अनावश्यक सोचाइका कारण स्थिर भावना रहने देखिँदैन ।

सिंह. आज तपाईँको लागि राम्रो रहेको छ । आफन्त तथा इष्टमित्रको सहयोगबाट नै अधुरा कामहरू बन्नेछन् । मनमा हौसला बढ्ने देखिन्छ । बोलीमा प्रभाव बढ्नेछ । नयाँ कार्य थालनी गर्दा राम्रो हुने देखिन्छ ।

कन्या. तपाईँको लागि आजको दिन राम्रो रहेको छ । शुभ समाचार पाउने हुँदा मन खुसीले गद्गद् हुनेछ । काममा सफलता प्राप्ति हुनेछ भने प्रशासनिक काम पनि सहजताका साथ सम्पन्न गर्ने खुबी रहेको छ । बोलीमा प्रभाव बढेर जानेछ ।

तुला. तपाईँको आजको दिन उत्कृष्ट रहेको छ । मान सम्मान पाउने योग देखिन्छ भने मिष्टान्न भोजनको सम्भावना पनि उत्तिकै रहेको छ । रमाइलो यात्राको अवसर आउनेछ । आँटेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक. तपाइको आजको दिन राम्रो मान्न सकिँदैन । नयाँ औद्योगिक काम तथा व्यावसायिक क्षेत्रमा हात नहाल्नुहोला । सामाजिक कार्यमा तपाईँका लागि आजको दिन त्यति राम्रो मान्न सकिँदैन अर्थात् अपजस धेरै नै पाउनुहुनेछ । काम गर्दा विचार गर्नुहोला ।

धनु. तपाईँको लागि आजको दिन उत्कृष्ट रहेको छ । घाटामा रहेका आर्थिक कारोबार वा व्यावसायिक क्षेत्रबाट सफलता प्राप्त गरिने दिन रहेको छ । मन खुसीकै साथ व्यतीत हुनेछ भने पढाइमा उन्नति तथा प्रगति हुनेछ । मान सम्मानको योग देखिएको छ ।

मकर. तपाईँको दिन आजको लागि राम्रो मान्न सकिन्छ । मित्रताको साइनो गाँसिनेछ । पारिवारिक सम्बन्ध भने खुसीमय बन्ने देखिन्छ । सामाजिक तथा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ भने आर्थिक क्षेत्रमा नाफा हुने योग रहेको छ।

कुम्भ. सन्तानको पूर्ण साथ मिल्नेछ । आज तपाईँले गरेको काममा सफलता मिल्नेछ । परिवारमा सुख तथा खुसी प्राप्ति हुनेछ । बोलीमा प्रभाव बढेर जानेछ । सुखद यात्राको प्रबल सम्भावना रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ ।

मीन. आजको दिन तपाईँले सतर्क पूर्वक बिताउनुपर्ने देखिन्छ । नयाँ नयाँ काममा हात नहालेकै राम्रो हुनेछ । आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना भएकाले होसियारी अपनाउनुपर्ने देखिन्छ । मनमा अशान्तिको मात्र बढेर जानेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button