कास्कीमा थप २०९ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीका ११ जिल्लाहरुमा ८०८ संक्रमित थपिए

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साेमबार कास्कीमा ११८ जना पुरुष तथा ९१ जना महिला गरी २०९ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १हजार ४९० जनाको नमुना परीक्षण गरिएकोमा थप ८०८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २०९ सहित म्याग्दीका १२ जना,  स्याङ्जाका ५१ जना, बाग्लुङका १३२ जना, पर्वतका १३३ जना, तनहुँका ५४ जना, गोरखाका ७७ जना, लमजुङका ४ जना,  नवलपुरका १३४ जना मनाङका १ जना र मुस्ताङका १ जनामा  गरी प्रदेशका सबै ११ जिल्लामा ४५० पुरुष तथा ३५८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४० हजार ४९५  पुगेको छ।  पछिल्लो २४ घण्टामा ७७० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २८हजार५९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ६२४ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button