आजको राशिफल : जेठ १६ गते आइतबार

पोखरा न्यूज , वीरेन्द्र सापकोटा । आज मितिः २०७८–ज्येष्ठ–१६, आइतबार, नेपाल सम्वत् ११४१, तदनुसार मे महिनाको ३०, २०२१, ज्येष्ठ कृष्णपक्ष, सम्वत्सरः राक्षस ।

तिथिः चतुर्थी घ.प.९ः०(८ः४७) नक्षत्रः उ.षा., योगःशुभ, करणः कौलव, आनन्दादी योग ः अमृत

चन्द्रमाः मकर, सूर्यः वृष, अयनः उत्तरायण

सूर्योदयः ५ः११

सूर्यास्तः १८ः५३

आजको राशिफलः

मेष. तपाईँको आजको दिन त्यति फलदायी देखिँदैन । सोच विचार गरेर मात्र काममा सक्रिय हुदा राम्रो हुनेछ । कुनै पनि काममा मन भने जाने देखिँदैन । आलस्यता र तनावले घेर्ने योग रहेको छ भने मानसिक चञ्चलताले सताउनेछ ।

वृष. तपाईँको आजको दिन राम्रै रहेको छ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ भने गरेका कार्यहरू सहजताका साथ सम्पन्न हुनेछन् । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । धेरै ठाउँबाट प्रशंसा बटुल्ने योग रहेको छ । पारिवारिक सम्बन्धमा प्रगाढता आउनेछ ।

मिथुन. तपाईँको आजको दिनमा धेरै झन्झटको सामना व्यहोर्नुपर्ने देखिन्छ । आफन्त तथा साथीभाइले धोका दिँदा मन खिन्न हुनेछ । अनावश्यक सोचाइले मानसिक तनाव तथा शारीरिक थकानको सम्भावना हुने देखिन्छ भने स्वास्थ्यले पनि तपाईँलाई साथ दिने देखिँदैन । अध्ययनमा पनि मन जाँदैन ।

कर्कट. बिहानै शुभ समाचार प्राप्त गर्ने सङ्केत देखिन्छ । दिनभर मन प्रसन्नताका साथ व्यतीत हुनेछ भने सुनौलो यात्राको अवसर पनि उत्तिकै रहेको छ । आम्दानीको श्रोत बढ्ने सुयोग रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । समग्रमा दिन राम्रो रहेको छ ।

सिंह. तपाईँको आजको ठिक राम्रो मानिँदैन । खर्चका माध्यमहरू बढेर जानेछन् । बोलीमा ध्यान नपु¥याउँदा बनेका काम पनि बिग्रने सम्भावना देखिएको छ । चोटपटकको भय बढेको छ भने सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

कन्या. तपाईँको दिन खुसीका साथ बित्नेछ । मनोरञ्जनको सुअवसर पाइनेछ । नयाँ–नयाँ व्यवसायमा मन जानेछ । खुसीका खबरहरू सुन्न पाइनेछ । स्वास्थ्यमा सुधार आउँदा मनमा भने प्रसन्नता छाउनेछ । आर्थिक कारोबारमा सुधार आउनेछ ।

तुला. तपाईँका लागि आज यात्राको संयोग देखिएको छ । प्रेम सम्बन्ध झाँगिएर जानेछ । नयाँ–नयाँ कामका अवसर आउँदा आर्थिक क्षेत्रमा फट्को मार्न सकिनेछ । आज शत्रु पनि तपाईँको पक्षमा उभिने सम्भावना देखिएको छ । समग्रमा तपाईँको आजको दिन राम्रो छ ।

वृश्चिक. श्रीमान्–श्रीमतीबिचको सम्बन्धमा प्रगाढ आउनेछ भने सन्तानको खुसी र साथ मिल्नेछ । आँटेका काम सफलताका साथ सम्पन्न हुनेछन् । नयाँ–नयाँ मित्रसँग सम्बन्ध बढ्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । नयाँ–नयाँ समाचार प्राप्त हुनेछ ।

धनु. तपाईँको आजको दिन त्यति राम्रो मान्न सकिँदैन । आँटेका कामले पूर्णता नपाउँदा मनमा खिन्नता छाउनेछ । अर्थका क्षेत्रहरूमा हानि मात्र हुनेछ । साथीभाइहरूबाट धोका मिल्नेछ । चोटपटकको सम्भावना रहेको छ । आज मेहनत बढी नै गर्नुपर्ने देखिन्छ ।

मकर. तपाईँको आजको दिन उत्कृष्ट रहेको छ । मान–सम्मानको योग रहँदा मिष्टान्न भोजनको समेत अवसर जुरेको छ । यात्राको प्रबल योग रहेको छ । स्वास्थ्य तपाइको पक्षमा रहेको छ । सन्तान र परिवारको पूर्ण साथ रहनेछ । आर्थिक कारोबार सुदृढ हुने देखिन्छ । मन प्रसन्न रहनेछ ।

कुम्भ. मनोरञ्जनात्मक यात्राका साथै आम्दानीका श्रोतहरू बढेर जानेछन् । मनमा खुसीका तरङ्गहरू उत्पन्न हुँदा समाचार पनि राम्रा–राम्रा सुन्न पाइनेछन् । साथीभाइको साथले नै काम कारबाहीहरू बन्नेछन् । गरेका काममा सफलता हात लाग्नेछ ।

मीन. तपाईँको आजको दिन राम्रै छ । काम गर्नुभयो भने नसोचेको सफलता मिल्नेछ । सन्तानको साथ र सुख प्राप्ति हुदा नयाँ साथीहरूसँगको मिलनको पनि सम्भावना देखिएको छ । आर्थिक क्षेत्रहरू दरिलो भएर गएका छन् । समग्रमा दिन तपाईँको पक्षमा रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button