कास्कीमा थप ७४ जनामा काेराेना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ५४० संक्रमित

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार कास्कीमा ४० जना पुरुष तथा ३४जना महिला गरी ७४ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ६६३ जनाको नमुना परीक्षण गरिएकोमा थप ५४० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ७४ सहित म्याग्दीका १५ जना,  स्याङ्जाका ७ जना, बाग्लुङका ११५ जना, पर्वतका ३४ जना, तनहुँका १७ जना, गोरखाका १०४ जना, लमजुङका ८९ जना,  नवलपुरका ८५ जना  गरी प्रदेशका ९ जिल्लामा ३०० पुरुष तथा २४० जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६८२ पुगेको छ।  पछिल्लो २४ घण्टामा ८५९  जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३० हजार २३२  पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ६६१ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button