गण्डकी प्रदेशसहित केहि स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

पोखरा न्यूज । नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पु¥याएको भए पनि आइतबारदेखि त्यो क्रम भने घट्दो रहेको छ । यद्यपि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भने कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । “भारी वर्षा खासै छैन, हल्कादेखि मध्यम वर्षा ठाउँठाउँमा भइरहन्छ”, उहाँले थप्नुभयो, “तर मौसम सुध्रने क्रममा छ ।”

अहिले  वाग्मती प्रदेशका केही भूभागमा, प्रदेश १ र प्रदेश नं २ का एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ । आज सोमबार दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका  केहि स्थानहरूमा, प्रदेश १, प्रदेश २, बाग्मती र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ। प्रदेश नँ १ र बाग्मति प्रदेशका एक दुइ स्थानमा भारि बर्षाको संभाबना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मौसम वदली भइरहेको हो । यसअघि बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’को प्रभाव कमजोर भएको छ । तर सामान्य असर बाँकी नै छ ।

आगामी तीन दिन मौसममा बदली भने कायम रहेको अर्यालले जानकारी दिनुभयो । पहाडी भू–भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज राती  देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका  थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मङ्गलबार भने देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस्तै बुधबार दिउँसो: देशका धेरैजसो  भू-भागमा आंशिक देखी सामान्य बदली रही थोरै  स्थानहरूमा मेघगर्जन ,चट्याङ्ग  र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको तथा राति प्रदेश १ मा आंशिक देखी सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदलि रहि मेघगर्जन र  चट्याङ्गसहित एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button