आजको राशिफल : जेठ १७ गते सोमबार

पोखरा न्यूज , वीरेन्द्र सापकोटा । आज मितिः २०७८–ज्येष्ठ–१७, सोमबार, नेपाल सम्वत् ११४१, तदनुसार मे महिनाको ३१, २०२१, ज्येष्ठ कृष्णपक्ष, सम्वत्सरः राक्षस ।

तिथिः पञ्चमी घ.प.५ः१८(७ः१८) नक्षत्रः श्रवण., योगः ब्रह्मा, करणः गर, आनन्दादी योग : सिद्धि

चन्द्रमाः मकर, सूर्यः वृष, अयनः उत्तरायण

सूर्योदयः ५ः११

सूर्यास्तः १८ः५३

आजको राशिफलः

मेष. तपाईँको आजको दिनचर्या मध्यम देखिएको छ । आलस्यपनले छाड्नेछैन । मनमा कुविचारले प्राथमिकता पाउँदा मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या देखिनेछ । बोलीमा विचार पु¥याउँदा राम्रो देखिनेछ । जस भन्दा पनि अपजस व्यहोर्नुपर्ने देखिन्छ ।

वृष. तपाइको दिन सामान्य पारामा बित्ने देखिन्छ । सबैको रोजाइको पात्रको रूपमा आफूलाई उभ्याउन सक्ने खुबी आज तपाईँले देखाउनुहुनेछ । मनमा शान्ति छाउनेछ भने सोचेका कार्यले पूर्णताको बाटो रोज्ने देखिन्छ । समग्रमा दिन सुखमय तवरले व्यतीत हुनेछ।

मिथुन. शरीर र मन गह्रुङ्गो भएको महसुस हुने देखिन्छ । चारैतर्फबाट मानसिक तनावले घेर्नेछ । स्वास्थ्यमा समस्या आउँदा बनेका काम पनि बिग्रन सक्ने सम्भावना देखिन्छ । आज डर र दुर्घटनाको मात्र बढेर जाने सम्भावना देखिन्छ ।

कर्कट. दिनभर मन खुसी रहनुका साथै यात्राको संयोग जुरेको छ । आम्दानीको श्रोतहरू बढ्ने भएकाले चनाखो र बुद्धिमत्ता पु¥याउनुपर्ने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । सबैको प्यारो भइदा शारीरिक फुर्ती भने बढेर जानेछ ।

सिंह. पेट र नशामा समस्या आउने छ । मनमा विभिन्न तरङ्गले छाउँदा अनावश्यक काममा मन जाने देखिन्छ । आफ्नो नजिकको व्यक्ति वा प्यारो चिज पनि पराइका हुने सम्भावना बढेको छ । गरेको कार्यमा व्यवधान आउने सम्भावना देखिन्छ । सतर्कता अपनाउनुहोला ।

कन्या. श्रीमान्–श्रीमतीबिचको सम्बन्धमा सुमधुर सम्बन्ध आउनेछ भने सन्तानको खुसी मिल्नेछ । आँटेका काम सफलताका साथ सम्पन्न हुनेछ । नयाँ–नयाँ मित्रसँग सम्बन्ध बढ्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । समग्रमा दिन तपाईँको पक्षमा देखिएको छ ।

तुला. मनोरञ्जनात्मक यात्राका साथै आम्दानीका श्रोतहरू बढेर गएका छन् । मनमा खुसीका तरङ्गहरू उत्पन्न हुँदा समाचार पनि राम्रा–राम्रा सुन्न पाइनेछन् । साथीभाइको साथले नै काम कारबाहीहरू बन्नेछन् । तपाईँका लागि आजको दिन राम्रो रहेको छ ।

धनु. तपाईँको आजको ठिक राम्रो मान्न सकिँदैन । खर्चका माध्यमहरू बढेर जानेछन् । बोलीमा ध्यान नपु¥याउँदा बनेका काम पनि बिग्रने सम्भावना देखिएको छ । चोटपटकको भय बढेको छ ।  सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

मकर. तपाईँको दिन आजको सफलतापूर्वक बित्नेछ । सकारात्मक र शान्तिका सन्देश सुन्न पाइनेछन् । आर्थिक कारोबारमा सफलता प्राप्तिका साथै नाफाको समय देखिन्छ । मन सुदृढ हुनेछ भने आँटेका कार्यक्रमले फलिफाप दिलाउनेछ । समग्रमा तपाईँको आजको दिन सुखपूर्वक बित्नेछ ।

कुम्भ. बिहानै शुभ समाचार प्राप्त गर्ने सङ्केत देखिन्छ । दिनभर मन प्रसन्नताका साथ व्यतीत हुनेछ भने यात्राको अवसर पनि देखिएको छ । आम्दानीको श्रोत बढ्ने सुयोग रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । अध्ययनमा मन जानेछ ।

मीन. तपाईँको आजको दिन खुसीका साथ व्यतीत हुनेछ । मनोरञ्जनात्मक यात्राको अवसर मिल्नेछ । नयाँ–नयाँ व्यवसायमा मन जाँदा खुसीका खबरहरू पनि सुन्न पाइनेछ । स्वास्थ्यमा सुधार आउँदा मनमा भने प्रसन्नता छाउनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button