कास्कीमा थप १५६ जनामा काेराेना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ८४२ संक्रमित

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साेमबार कास्कीमा ६२ जना पुरुष तथा ९४ जना महिला गरी १५६ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ८३२ जनाको नमुना परीक्षण गरिएकोमा थप ५४० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १५६ सहित म्याग्दीका ३८ जना,  स्याङ्जाका ६७ जना, बाग्लुङका ११० जना, पर्वतका ३६ जना, तनहुँका १७ जना, गोरखाका २४० जना, लमजुङका ३७ जना,  नवलपुरका ९७ जना  गरी प्रदेशका ९ जिल्लामा ३५१ पुरुष तथा ४९१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ५२४ पुगेको छ।  पछिल्लो २४ घण्टामा ९५९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३१ हजार १९१ पुगेको छ ।

गण्डकीमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ६७८ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button