कास्कीमा थप २०१ जनामा काेराेना संक्रमण

गण्डकी प्रदेशमा थप ४७३ संक्रमित

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा १०८ जना पुरुष तथा ९३ जना महिला गरी २०१ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १११ जनाको नमुना परीक्षण गरिएकोमा थप ४७३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २०१ सहित म्याग्दीका १२ जना,  स्याङ्जाका ३५ जना, बाग्लुङका ३० जना, पर्वतका ६२ जना, तनहुँका २१ जना, गोरखाका ८ जना, लमजुङका ४१ जना,  नवलपुरका ६३ जना  गरी प्रदेशका ९ जिल्लामा २४२ पुरुष तथा २३१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ९९७ पुगेको छ।  पछिल्लो २४ घण्टामा ६८८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३१ हजार ८७९ पुगेको छ ।

गण्डकीमा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button