पर्वतमा मृत चितुवा फेला

पाेखरा न्यूज ।  पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई/तीन वर्षको उमेरको जस्तै देखिने चितुवा के कारणले मर्‍यो भन्ने खुलेको छैन ।

मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button