कास्कीमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेशमा थप ९०६ जनामा

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा १६३ जना पुरुष तथा १४० जना महिला गरी ३०३ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा २ हजार ३११ जनाको नमुना परीक्षण गरिएकोमा थप ९०६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ३०३ सहित म्याग्दीका ४७ जना,  स्याङ्जाका ९३ जना, बाग्लुङका ७३ जना, पर्वतका ३९ जना, तनहुँका ७० जना, गोरखाका ९८ जना, लमजुङका ८२ जना, मनाङका १५ जना, मुस्ताङका १ जना र  नवलपुरका ८५ जना  गरी प्रदेशका ११ जिल्लामा ४७५ पुरुष तथा ४३१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार ७४१ पुगेको छ।  पछिल्लो २४ घण्टामा १०५३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३४ हजार ३०४ पुगेको छ ।

गण्डकीमा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ७२३ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button