कतारका म्याग्देलीले गृह जिल्लामा ६ वटा अक्सिजन सिलिन्डर पठाउँदै

तिलु शर्मा पौडेल, दोहा कतार । कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले गृह जिल्लामा ४० लिटर बराबरका ६ वटा अक्सिजन सिलिन्डर र ६ वटा अक्सिजन फ्लोमिटर सहयोग स्वरूप पठाउने भएको छ । सङ्घको आज बसेको बैठकले कोरोनाकाकारण म्याग्दी जिल्लाको विषम परिस्थिति लाई मध्य नजर गर्दै उक्त सामाग्री पठाउन लागेको जनाएको छ ।

“गृह जिल्लामा अक्सिजन लगायतका अति आवश्यक सामाग्रीहरू पठाऔँ, बिरामी तथा आफन्तको उद्धार गरी ज्यान बचाऔँ” भन्ने मूलनाराका साथ सङ्घले कतारमा आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । उक्त अभियान मार्फत करिब ४ लाख नेपाली रुपैयाँ सङ्कलन भएको संयोजक राजु पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुसार मोना आईसिले म्याग्दीमा प्रदान गर्न लागेको १२ वटा अक्सिजन कन्सन्ट्रेटर मध्य १ वटा बराबरको रकम करिब १ लाख रुपैयाँ मोना कतारको तर्फबाट सहयोग गरिने निर्णय भएको जानकारी दिनु भयो ।

बेनीमा रहेको ढकाल मेडिकल हलसँगको समन्वयमा उक्त सामाग्री खरिद गरी केही दिनमै एक कार्यक्रमका बिच म्याग्दी जिल्लाका सबै गॉउपालिका तथा नगर पालिकालाई हस्तान्तरण गरिने अध्यक्ष नरेन्द्र फगामीले जानकारी दिनु भयो । बैठक फगामीको सभापतित्व तथा मोना आईसिका महासचिव विक्रम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button