पर्वत समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा श्याम न्यौपाने

तिलु शर्मा पौडेल,दोहा कतार । पर्वत समाज कतारको पाचौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सबिन्द्र श्रेष्ठको सभापतित्व तथा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरिको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यम बाट हिजो सम्पन्न अधिवेशनले श्याम न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गिरिले अन्तर्राष्ट्रिय पर्वत समाज स्थापना गर्दा पर्वत समाज कतारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । दुई दशक देखि समाज सेवा सक्रिय संस्था सङ्ग आगामी दिनमा पनि सहकार्य जारी रहने बताउनुभयो । समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित अन्तर्राष्ट्रिय पर्वत समाज स्थापना काल देखी नै गृह जिल्ला सँगै मातृभूमिमा आई लाग्ने हरेक समस्यामा निरन्तर सहयोगी भनेको भन्दै निस्स्वार्थ सेवालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाज कतारले गरेको सामाजिक कार्य उदाहरणीय रहेको भन्दै अन्य देशका संस्थाले पनि यसलाई अनुसरण गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले समाज कतारको अग्रणी सामाजिक संस्था रहेको भन्दै संस्थाले गरेको समाज सेवाको प्रशंसा गर्नुभएको थियो । मातृभूमिमा तथा कर्मभूमि कतारमा गरेको समाज सेवा उल्लेखनीय रहेको भन्दै त्यसलाई निरन्तरता दिन सुझाव दिनुभयो । कार्यक्रममा कतार बाहिर तथा कतारमा स्थापित विभिन्न सामाजिक तथा वैचारिक सङ्घ संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो l कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष श्याम लाल न्यौपानेले राख्नु भएको थियो भने सचिव शेष राज तिमिल्सिनाले कार्यक्रमलाई सहजीकरण गर्नु भएको थियो l आफ्नो कार्यकाललाई ऐतिहासिक रूपमा सफल बनाउन सहयोग गर्ने सबै प्रति श्रेष्ठले कृतज्ञता प्रकट गर्दै अधिवेशनको खुल्ला सत्रको समापन गर्नु भएको थियो l

अधिवेशनको बन्द सत्र वाट आगामी २ वर्षका लागि श्याम न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका छन् समितिको प्रथम उपाध्यक्षमा सन्तोष क्षेत्री, द्दितिय उपाध्यक्ष राजेन्द्र अधिकारी, सचिव सेवक बि.क, कोषाध्यक्ष महेन्द्र चालिसे, सह कोषाध्यक्ष सुवास जी.सी., सद्स्यहरुमा रमेश पौड्याल, ट्ंक प्रसाद तिवारी, चित्र बहादुर पौडेल लगायतका चयन हुनु भएको छ l नव निर्वाचित कार्यसमितिका पधाधिकारीहरुलाई निर्वाचन समिति संयोजक एवं संस्थाका संरक्षक छविलाल भट्टराईले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु बहेको थियो l नव निर्वाचित अध्यक्ष न्यौपानेले पदभार ग्रहण गर्दै समाजले गरेका सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै सबैको साथ सहयोग लिएर संस्थाको गरिमालाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । साथै उहाँले आफ्नो नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने सहयोग सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button