तनहुँमा सङ्क्रमितलाई परामर्श सेवा दिन स्वास्थ्यकर्मी परिचालन

पोखरा न्यूज । कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बस्ने सङ्क्रमितलाई परामर्श सेवा दिन तनहुँका स्थानीय तहले प्रयास थालेका छन् । दैनिक रुपमा सङ्क्रमित थपिन थालेपछि जिल्लाका स्थानीय तहले होम आइसोलेशनमा बस्ने सङ्क्रमितको रेखदेख, सामान्य उपचार, परामर्श गर्न र थप उपचारका लागि अस्पतालसम्म लैजान स्वास्थ्य शाखामा समन्वय गर्न प्रयास थालेका हुन् ।

सङ्क्रमितलाई आवश्यक परामर्श सेवा दिनका लागि भिमाद नगरपालिकाले सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेको छ । नगरपालिकाले नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । नगरपालिकाले सबै स्वास्थ्यकर्मीलाई जिम्मेवारी बाँडफाँड गरेको छ ।

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा प्रकाश नेपालीलाई आइसोलेशन व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन, अनुगमन, मेडिकल अधिकृत डा अनिमा पराजुलीलाई होम आइसोलेशनमा रहेका सङ्क्रमितको निगरानी र सल्लाह, जनस्वास्थ्य अधिकृत मनुराज बराललाई समग्र व्यवस्थापन, समन्वय, अनुगमन र सिनियर अहेव टुकामणि सिग्देललाई पिसिआर परीक्षण, होम आइसोलेशन अनुगमनको जिम्मेवारी दिइएको छ ।

भानुमती स्वास्थ्यचौकीका सिअहेव जीवन पन्तलाई वडा नं ८, किहुँस्वास्थ्य चौकीका सिअहेव रमेश गैह्रेलाई वडा नं १, अरुणोदय स्वास्थ्यचौकीका अहेव सुमित्रा नेपालीलाई वडा नं २, माझकोट स्वास्थ्यचौकीका अहेव अर्नुनकुमार रसाइलीलाई वडा नं ४ मा, अहेव सञ्जु श्रेष्ठलाई वडा नं ५, अहेव विनिता थापालाई वडा नं ५, एचए कपिल थापालाई वडा न. ९, अहेव विनिता आलेलाई वडा नं ३, अहेव प्रेशा रानालाई वडा नं ४, अहेव विष्णु ठकुरीलाई वडा नं ८ र अहेव सीता बस्याललाई वडा नं १ मा सङ्क्रमितको परामर्शका लागि परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिकाले सङ्क्रमितको सहजताका लागि वडास्तरमै स्वास्थ्यकर्मी परिचालन गरेको छ । कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी परामर्शका लागि छवटै वडामा स्वास्थ्यकर्मी खटाइएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडा नं १ मा एचए शतिश सदाशङ्कर, वडा नं २ मा एचए विनिता बानियाँ, वडा नं ३ मा एचए शर्मिला गुरुङ, वडा नं ४ मा अहेव सरला अर्याल, वडा नं ५ मा एचए मुकेश शाह र वडा नं ६ मा एचए शुशन थापालाई जिम्मेवारी तोकेको छ । यसैगरी परामर्शका लागि मेडिकल अधिकृत डा उत्सव देवकोटा र स्वास्थ्य शाखाप्रमुख अगमराज उपाध्यायलाई जिम्मेवारी दिइएको पोख्रेलले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाले पनि वडावडामै स्वास्थ्यकर्मी परिचालन गरेको स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं १ मा उषा हड्खले, वडा नं २ मा सुनिल अधिकारी, वडा नं ३ मा रक्षा काफ्ले, वडा नं ४ मा सरोज मिश्र, वडा नं ५ मा उज्ज्वल न्यौपाने, वडा नं ६ रामबहादुर गुरुङ, वडा नं ७ मा मीना लौडारी, वडा नं ८ मा पूजा सोती, वडा नं ९ मा देविन्द्र कार्की, वडा नं १० मा सरिता बोटे, वडा नं ११ मा मिलन सुर्खाली, वडा नं १२ मा हरिशचन्द्र न्यौपाने, वडा नं १३ मा सागर तिवारी र वडा नं ४ मा पप्पु पङ्कज यादवलाई जिम्मेवारी दिइएको छ ।

घरमै पुगेर स्वास्थ्य परीक्षण

वडामा रहेका जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले आपत्कालीन स्वास्थ्य स्वयंसेवक टोली गठन गरेको छ । विज्ञ एवं सामाजिक सञ्जालमार्फत आएका सुझावबमोजिम स्वास्थ्यकर्मीसहित १८ जनाको आपत्कालीन स्वास्थ्य स्वयंसेवक टोली गठन गरिएको हो ।

एचए, स्टाफ नर्स, अनमी, सिएमए, रेडियोग्राफी, ल्याब असिस्टेन्ट लगायतको कोर्ष पूरा गरेर कोरोनाका कारण घरमा नै रहेका जनशक्तिलाई वडाको आग्रहबमोजिम निजहरुकै सहमतिमा परिचालन गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । उनीहरुलाई अक्सिमिटर, थर्मोमिटर, मास्क, स्यानिटाइजर, फेससिल्ड, ग्लोब्सलगायत स्वास्थ्य स्वयंसेवकका लागि आवश्यक सामग्री वडाले नै उपलब्ध गराएको छ ।

स्वास्थ्य शाखाका कर्मचारी नव गौतम, दिनेश थपलिया तथा सन्देश थापाद्वारा प्रशिक्षण प्रदान गरी कार्यक्षेत्रमा खटाइएका स्वयंसेवकले उच्च सतर्कताका साथ घरमा नै बिरामीको जाँच गर्ने, कोरोनाको डरले रोग लुकाएर बसेका जनतालाई उचित परामर्श दिई अस्पतालसम्म पु¥याउन सहयोग गर्ने तथा लक्षण देखिएकालाई वडासँग समन्वय गरी पिसिआर गर्न सिफारिस गर्ने लगायतका काम गर्नेछन् । स्वास्थ्य कार्यालयका अनुसार तनहुँमा एक हजार २२७ जना सक्रिय सङ्क्रमित छन् । त्यसमध्ये एक हजार १५८ होम आइसोलेशनमा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button