कास्कीमा १६३सहित प्रदेशमा थप ५१३मा काेराेना संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ९३ जना पुरुष तथा ७० जना महिला गरी १६३ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ६८६  जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५१३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १६३ सहित म्याग्दीका ५ जना, पर्वतका ५ जना, गोरखाका ११३ जना, लमजुङका २२ जना तनहुँका ४४ जना, बाग्लुङका ४९ जना, स्याङ्जाका ५७ जना र नवलपुरका ५५ जना गरी प्रदेशका ९ जिल्लामा २६८ पुरुष तथा २४५ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार ५०० पुगेको छ। पछिल्लो २४ घण्टामा ७४४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३६ हजार ५१७ पुगेको छ ।

गण्डकीमा थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ७६२ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button