आजको राशिफल : जेठ २४ गते सोमबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७८–ज्येष्ठ–२४, सोमबार, नेपाल सम्वत् ११४१, तदनुसार जुन महिनाको ७, २०२१, ज्येष्ठ कृष्णपक्ष, सम्वत्सरः राक्षस ।

तिथिः द्वादशी घ.प.११ः२७(९ः४४), नक्षत्रः भरणी, योगः शोभन, करणः गर, आनन्दादी योग ः चर

चन्द्रमाः मेष, सूर्यः वृष, अयनः उत्तरायण

सूर्योदयः ५ः१०

सूर्यास्तः १८ः५६

आजको राशिफलः

मेष. तपाइको आजको दिन राम्रो रहेको छ भन्न सकिन्छ । मान–सम्मान र पद प्रतिष्ठाको समय रहेको छ । तपाइले आँटेका कामहरू सोचेर गर्नुभयो भने पूर्ण हुनेछ भने स्वास्थ्य पनि तपाइको पक्षमा रहेको छ ।

वृष. सोच विचार गरेर काम गरेको खण्डमा तपाइले गरेको कामले सफलता प्राप्ति गर्ने समय रहेको छ । सबैको साथ र सहयोग प्राप्त गर्नुहुनेछ भने यात्राको अवसर मिल्नेछ । अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन. तपाइको आजको दिन राम्रो रहेको छ । आजको दिन सफलता प्राप्तिका साथै आनन्दले गरेका कामले पूर्णता पाउने देखिन्छ । श्रीमान्–श्रीमतीबिचको प्रेमालाप बढेर जानेछ भने आजको बसाई समग्रमा सुखद हुनेछ ।

कर्कट. धन नाशको समय भएकाले सुरुमै सावधानी अपनाउनुपर्ने समय देखिएको छ । नयाँ व्यवसायको सुरुवात नगर्दा नै राम्रो हुनेछ । झैझगडाको सम्भावना भएकाले सचेतता अपनाउनुपर्ने हुन्छ । आफन्तबाट धोका मिल्नेछ ।

सिंह. तपाइको आजको दिन राम्रो रहेको छ । आजको काममा मन जानेछ पुराना साथीभाइसँग भेटघाटको अवसर जुट्नेछ । आर्थिक कारोबारमा सफलता प्राप्ति हुदा मन प्रसन्नताका साथ दिन व्यतीत हुनेछ ।

कन्या. तपाइको आजको दिन त्यति राम्रो मान्न सकिँदैन । आजको दिनमा कष्ट तथा दुःख आउनेछ । अनावश्यक क्रोधले गर्दा काम समेत बिग्रनेछ । इष्टमित्रको साथ नपाउँदा मन दोधारको अवस्थामा सृजित हुनेछ ।

तुला. तपाइको आजको दिन राम्रो हुँदा पहिला उठ्न बाँकी आर्थिक कारोबारमा सफलता मिल्नेछ । सबैबाट मित्रताको भावना जागृत हुने अवसर मिल्नेछ । आज नसोचेको सफलता प्राप्ति हुनेछ । स्वास्थ्यले साथ दिनेछ ।

वृश्चिक. तपाइको आजको दिन राम्रो छैन । आँटेका काममा बिग्रनेछ भने आफन्तको सहयोग पनि पाइनेछैन । आर्थिक कारोबारमा होसियारी नपु¥याए अरूले डुबाइदिने सम्भावना पनि उत्तिकै रहेको छ ।

धनु. तपाइको लागि आजको दिन राम्रो रहेको छ । यात्राका अवसर आउँदा मान सम्मान प्राप्ति हुनेछ । आर्थिक क्षेत्र सबल हुँदा आजको दिनमा तपाइले गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

मकर. व्यापार व्यवसायबाट आम्दानीको सम्भावना बढेको छ । शिक्षाको क्षेत्रमा सफलता प्राप्ति हुदा स्वास्थ्यले पनि साथ दिनेछ । रोजगारका अवसरहरू आउनेछन् । सबैको सहयोगले तपाइको हौसला बढ्ने देखिन्छ ।

कुम्भ. नयाँ व्यापार तथा उद्योगको सुरुवात गर्ने योग रहेको छ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद–प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ–नयाँ श्रोतहरू खुलेका छन् । स्वास्थ्यमा सुधार हुनेछ ।

मीन. आज तपाइको दिन त्यति राम्रो मान्न सकिँदैन । वाहन तथा साधनबाट धोका मिल्नेछ । नशा तथा चिसोको रोगबाट ग्रसित हुने सम्भावना पनि उत्तिकै देखिएको छ । मनमा अनावश्यक सोचाइ आउनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button