कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङम्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

कास्कीमा थप १६५ जनामा काेराेना संक्रमण पुष्टि

प्रदेशमा ७९१ जना संक्रमित थपिए

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ८७ जना पुरुष तथा ७८ जना महिला गरी १६५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा २ हजार ४१५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ७९१ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १६५ सहित म्याग्दीका २६ जना, पर्वतका २९ जना, गोरखाका १९६ जना, लमजुङका ६७ जना तनहुँका ७० जना, बाग्लुङका ५७ जना, स्याङ्जाका ५६ जना र नवलपुरका १२५ जना गरी प्रदेशका ९ जिल्लामा ३९७ पुरुष तथा ३९४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २९१ पुगेको छ। पछिल्लो २४ घण्टामा १५३० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ६६ पुगेको छ ।

गण्डकीमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ७७९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button