लोक संगीत मन पराउनेको संख्या बढ्दै

लोक गीत, लोक बाजा र लोक नृत्य हाम्रो पहिचान

राजाराम पौडेल, पोखरा न्यूज । लोक गीत नेपालको पहिचान हो । लोक गीत भित्र पर्ने ख्याली, चुड्का, चाँचरी, बालन, मागल, रोइला, सोरठी, मारूनी, दोहोरी, देउडा, सँगिनी, मालसिरी, असारे, फागु आदि गीतको आफ्नै बेग्लै महत्व रहेको छ । यस्ता गीतमा संगीत दिनको लागि प्रयोग गरिने दमाहा, झ्याली, ट्याम्को, ढोलकी, मादल, सहनाई, नरसिङ्गा, कर्नाल, मुरली, मुर्चुङ्गा, बिनायो, मन्द्रा, सारङ्गी, खैजडी, मुजुरा आदि लोक बाजाले गीतको मिठासपन बढाइदिन्छ । यो हाम्रो मौलिक संस्कृति हो ।

पछिल्लो क्रममा आएको प्रविधिको प्रयोग तथा मौलिकतामा असर पार्ने खालका गीतले नेपालको पहिचानको रुपमा रहेको लोकगीतको मुल मर्ममा प्रहार हुने खतरा बढेको छ । यो खतराबाट जोगाउँनको लागि सबैजना हातेमालो गर्दै अगाडि बढ्नुपर्ने अवस्था आएको छ । यति हुँदाहुँदै पनि लोकगीत, लोकसंगीत मनपराउनेको संख्यामा आएको वृद्धिले भने यो क्षेत्रमा सकारात्मक उर्जा थपेको छ । किनकी अहिले लोकशैलीका गीतको माग नेपाली सांगीतिक क्षेत्रमा बढेको छ ।

लोक गायक ईश्वर सिंह लोक दोहोरी मनपराउने दर्शक श्रोताको संख्या बढेको बताउनुहुन्छ । पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा लाग्ने कलाकार तथा यसलाई मन पराउने दर्शक श्रोताहरुको लहर निकै बढेको छ । पुराना पुस्ताहरु त भैहाल्नुभो, उहाँहरुले लोक संस्कृतिलाई धेरै माया गर्नुहुन्छ । अहिले बालबालिका देखि लियर अहिलेको नयाँ पुस्ताहरु समेत यो क्षेत्रमा लाग्नु भएको छ, मन पराउने दर्शक श्रोता समेत उस्तै हुनुहुन्छ यो लोक दोहोरी क्षेत्रको सकारात्मक कुरा हो । फलस्वरुप सबैको सामुहिक प्रयासमा नयाँ प्रविधिसंग जोडिदै हाम्रो मौलिक संस्कृति बचाई राख्न ठुलो टेवा मिलेको छ । सिंहको दावी छ ।

लोक दोहोरी गायिका ईन्द्रा गुरुङ अहिले लोक दोहोरी क्षेत्रमा समय अनुसारका गीतहरु आइरहेको बताउनुहुन्छ । लोक दोहोरी क्षेत्रका सकारात्मक कुरा भनेको यो क्षेत्रमा लाग्ने कलाकारलाई दर्शक श्रोताले माया गर्नुहुन्छ । लोक दोहोरी क्षेत्रलाई माया गर्ने धेरै हुनुहुन्छ । विदेशका कार्यक्रममा सहभागी बन्दा यसको अनुभुती बढी गर्न पाइन्छ । धेरै कलाकार लोक दोहोरी क्षेत्रमा काम गरेर स्थापित हुन सफल हुनु भएको छ । समय अनुसारका गीतहरु आइरहेका छन् । अर्को कुरा हामीले पहिला मज्जाले पलेटी कसेर भुईमा बसेर दोहोरी साँझमा गीत गाउथ्यौ । अहिले समय अुनसार चल्दै गर्दा गाउने मात्र नभएर गाउदै नाच्ने चलन आएको छ । जसले गाउँदै नाच्दै प्रस्तुती राख्न सक्छ उसको माग बढी हुने जमाना आयो । यो समय अनुसार राम्रो नै हो । यस्ता कुरा अग्रजहरुले पनि बुझ्नुपर्छ भन्ने तर्क उहाँ गर्नुहुन्छ ।

लोक दोहोरी गायिका माया गुरुङ दर्शकको माया र साथले लोकदोहोरी क्षेत्रमा अगाडि बढ्ने जोश बढ्ने गरेको सुनाउनुहुन्छ । नेपाली लोकसंगीतको क्षेत्रलाई मनपराउने दर्शक श्रोताका संख्या बढ्दै गएको छ । मौलिकता बोकेका गीत दर्शक श्रोतामाझ आइरहेका छन् । सांगीतिक क्षेत्रका कलाकारहरु समय अनुसार अपडेट भैइराखेका छन् । बालबालिका देखि वृद्धबृद्धा सम्मकालाई लोकदोहोरी गीत गाउने जोश पलाई रहेको छ यो नै नेपाली सांगीतिक क्षेत्रको सकारात्मक पक्ष हो । उहाँले भन्नुभयो ।

लोक दोहोरी गायिका सरस्वती लामिछाने ‘सरु’ कलाकारहरु समय अनुसार अपडेट भएर यो क्षेत्रमा लाग्नुे राम्रो पाटो भएको बताउनुहुन्छ । नेपाली लोकसंगीतको क्षेत्रलाई मनपराउने दर्शक श्रोताका संख्या बढ्दै गएको छ । मौलीकता बोकेका गीत दर्शक श्रोतामाझ आइरहेका छन् । सांगीतिक क्षेत्रका कलाकारहरु समय अनुसार अपग्रेड हुँदैछन् । यो राम्रो कुरा भएको गायिका लामिछानेको बुझाई छ ।

लोक दोहोरी गायिका सुश्मा ठकुरी नोपली लोकशैलीका गीतले हाम्रो लोकसंस्कृतिलाई सबैमाझ चिनाउन सघाएको बताउनुहुन्छ । हामी गीत संगीतको बारेमा त्यतिकै विश्लेषण गर्न सक्दैनौ । यो बृहत कुरा हो । हाम्रो नशा–नशा गीत संगीतले भरिएको छ । जब हामिलाइ दुःख पर्छ हाम्रो साथी गीतसंगीत बनिदिन्छ । फेरि कति धेरै प्रतिभा भएका कलाकारहरूले देश नछोडी स्वदेशमै स्वर्ग जस्तै जीवन जिउनु भएको छ । सांगीतिक क्षेत्रमा भविष्य देखेर हिड्नेहरु संगीत क्षेत्रका माध्यमबाटनै खुशी भएर बाच्नसक्नु नेपाली सांगीतिक क्षेत्रको सकारात्मक पाटो हो । नेपाली गीतसंगीतले हाम्रो लोकसंस्कतिलाई सबैमाझ चिनाएको छ । उहाँले सुनाउनुभयो ।

संस्कृतिकर्मी बुद्धिमान दुरा ‘धम्पु’ रमाउने माध्यम नेपाली गीतसंगीत भएको बताउनुहुन्छ । गीत संगीतका कारण धेरैलाई भुल्ने बाटो भएको छ । रमाउने माध्यम गीतसंगीत भएको छ । गीतसंगीतका कारण केही हदसम्म समाजलाई विकृतीबाट जोगाउन सफल भएको छ । गीत मार्फत आफूलाई थाहा भएको लोक कथालाई समेट्ने गरेको उहाँले बताउनुभयो ।

गायिका सजना बाँस्तोला नेपाली लोकगीतले नेपाललाई विश्व परिवेशमा चिनाउने काम गरेको बताउनुहुन्छ । नेपाली सांगीतिक क्षेत्रले नेपाललाई विश्व परिवेशमा चिनाउन सफल भएको छ त्यो नै नेपाली सांगीतिक क्षेत्रको सकारात्मक पक्ष हो भन्ने उहाँलाई लाग्छ ।

लोक संगीत भित्र लोक गीत, लोक बाजा मात्र नभएर लोक नाच समेत पर्दछ । मारूनी, झ्याउरे, चुड्का, बालुन, धान, देउडा, चण्डी, कौडाह, घाटु, लाखे, नवदुर्गा, शिवताण्डव आदी नेपाली लोक नृत्य हुन् ।

पहिलेभन्दा नेपालको नृत्य क्षेत्रमा विकास भएको नृत्य क्षेत्रमा स्थापित भइसक्नुभएका स्वजन रघुवंशी बताउनुहुन्छ । नृत्य क्षेत्रमा विकाससकारात्मक रुपमा लिन सकिन्छ । हरेक विद्यालयमा नृत्यलाइ अनिवार्य रुपमा राखेको पाइन्छ । सरकारले विद्यालयमा कोर्सको रुपमा समेत नृत्यलाई राख्ने तयारी गरेको छ । नेपालमा नृत्यमा महिलाहरुको लागि स्नाकोत्तरसम्मको अध्ययन गर्न र पुरुषहरुको लागि स्नातक सम्मको अध्ययन गर्न पाउँछन् । अब स्नातकोत्तर सँगै पिएचडि राख्ने प्रक्रियामा रहेको छ । अभिभावकहरुले नृत्य क्षेत्रमा अगाडि बढ्न खोज्ने आफ्नो नानीहरुलाई धेरै नै सर्पोट गरेको पाइन्छ । ठाँउ–ठाँउमा नृत्यको कार्यशालाहरु भइरहेका छन् । विभिन्न रियालिटि सोहरु आइरहेको छ भने नृत्यलाइ नै करियरको रुपमा लाने हरुको जमातपनि देखिन्छ । यो सबै नृत्य क्षेत्रका लागि सकारात्मक कुरा भएको उहाँले सुनाउनुभयो ।

नृत्य निर्देशक युवराज गुरुङ लोक नृत्यलाई माया गर्नेहरु बढ्नु सकारात्मक भएको सुनाउनुहुन्छ । नेपाली नृत्य क्षेत्रमा धेरै सकारात्मक सोच आइसकेको छ । नृत्यलाई बुझ्नेहरु बढ्दैछन् । नेपाली लोक नृत्य भनेको हाम्रो पहिचान हो, चिनारी हो, सान हो, यसलाई जोगाउनुपर्छ । हाम्रो संस्कृतिलाई जगेर्ना गर्दै लोप हुनबाट बचाउनु पर्छ भन्नेमा सबै पुगिसक्नुभएको छ । फलस्वरुप अहिले लोकनृत्यलाई माया गर्नुपर्छ भन्ने खालका सकारात्मक सोचहरु आइरहेका छन् । यो हाम्रो लागि महत्वपूर्ण पाटो भएको उहाँले सुनाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button