३२ वर्षीया युवतीको पेटबाट ३५ किलोको ट्युमर निकालियो

शल्यक्रिया शुल्क तिर्न नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह

पोखरा न्यूज । एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ । एक वर्षदेखि पेटमा समस्या झेल्दै आउनु भएका ३२ वर्षीया कुसुम लामाको भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो ।

अस्पताल प्रशासन प्रमुख राजाराम तजलेका शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अनिसा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजुलगायतको टोली रहनुभएको जानकारी दिनुभयो । सो टोलीले दुई घण्टा लगाएर शल्यक्रिया गरेको जनाइएको छ ।

यसअघि पनि अस्पतालमा जटिल रोगको शल्यक्रिया गर्दै आए पहिलो पटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको जनाइएको छ । आर्थिक अवस्था कमजोर भएको र लकडाउनका कारण अस्पतालमा नियमित परीक्षणमा आउन नसकेपछि कारण रोग पालेर बसिरहेकी लामाको समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाई छ ।

बिरामीका आफन्तले शल्यक्रिया शुल्क रु ३० हजार सहित करिब रु ७० हजार तिर्न नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका छन् ।

सक्नेजति छुट गर्नेबारेमा छलफल भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button