पोखरामा बहिनी एडुकेयरले गर्‍यो एकै दिन १०० घरपरिवारलाई निःशुल्क खाद्यान्न वितरण

पोखरा न्यूज । पोखरा महानगरपालिकाको वडा नम्बर २३ मा मंगलबार एक सय घरपरिवारलाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ ।

बहिनी एडुकेयर फाउन्डेसनको सहयोगमा वडाका गरिब विपन्न तथा असहाय १०० घरपरिवारका ३९५ जनालाई चामल, दाल र मास्क वितरण गरिएको हो ।

मंगलबार वडाध्यक्ष विष्णु प्रसाद पराजुलीको समुपस्थितमा संस्थाको तर्फबाट वडाका १५ वटा टोल तथा समुदायका विपन्न १०० घर परिवारलाई २५ केजीको एक/एक बोरा चामल, ५ केजी दाल  १५  वटाका दरले मास्क र ४ वटा डिटोल साबुन वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी प्रमुख सुरेन्द्र परियारले जानकारी दिनुभयो ।

कुल दुई लाख ५० हजार मूल्य बराबरको उक्त सामग्री संस्थाका अध्यक्ष छिरिङ लामा शेर्पा, कोषाध्यक्ष अभिजित श्रेष्ठ, तथा सदस्य विकास भट्टराई लगायतको सहयोगमा पुगेर वितरण गरिएको परियारले बताउनुभयो । उहाँले यस लगतै पोखरा १३  का विपन्न  घरपरिवारलाई खाद्यान्न वितरण गरिने भएको समेत बताउनुभयो ।

वडा नम्बर २३ भित्र बसोबास गर्ने विभिन्न टोलका अति विपन्न परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेको वडाध्यक्ष विष्णु प्रसाद पराजुलीले बताउनुभयो । वडा सँगको समन्वयमा संस्थाले विपन्न वर्गलाई सहयोग गरेको बताउँदै वडाध्यक्ष पराजुलीले वडामा उद्योग धन्दाहरू पनि नरहेको र लकडाउनका कारण ज्याला मजदुरी समेत गर्न नपाएर अप्ठ्यारोमा परेको वर्गलाई गरेको सहयोग सह्रानीय रहेको उल्लेख गर्नुभयो ।

‘जसको चुलो नजलेका कारण छाक नै बसेको छ, त्यस्ता अति विपन्न वर्गलाई संस्थाले सहयोग गरेको छ । कोभिडको बेला संस्थाले गरेको यो सहयोग उल्लेखनीय छ’ , वडाध्यक्ष पराजुलीले भन्नुभयो ।

कार्यक्रममा स्थानीय युवा भानु पराजुलीले संयोजनको भूमिका निर्वाह गर्नुभएको थियो । पोखराको मालेपाटनमा रहेको बहिनी एडुकेयर फाउन्डेसनले एकल महिला तथा आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य, परामर्श, जीविकोपार्जन लगायतमा सहयोग गर्दै आएको छ ।

संस्थाले यसअघि कोभिडको समयमा पोखरा महानगरको -५ र ६ वडा क्षेत्रमा करिब चार हजार जनालाई नि:शुल्क खाना खुवाउने कार्य गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button