कास्कीमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ५१८ जनामा

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १३० जना पुरुष तथा १०२ जना महिला गरी २३२ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २८२ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५१८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २३२ सहित म्याग्दीका १५ जना, पर्वतका ८७ जना, गोरखाका १०६ जना, लमजुङका १२ जना तनहुँका ५ जना, बाग्लुङका १७ जना, स्याङ्जाका १२जना मुस्ताङका १ जना र नवलपुरका ३१ जना गरी प्रदेशका १० जिल्लामा २६९ पुरुष तथा २४९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार ८०९ पुगेको छ। पछिल्लो २४ घण्टामा १०७३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३९ हजार १२० पुगेको छ ।

गण्डकीमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ७८९ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button