बाढी पहिरो पीडितका लागि २ करोड लगानीमा मोनाले बनायो ४० घर

तिलु शर्मा पौडेल, दोहा कतार । सामाजिक संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) ले म्याग्दी जिल्लाका बाढी पहिरो पीडितहरूका लागि  ४० वटा घर निर्माण गरेको छ ।

मोनाले २०७७ सालमा बाढी पहिरोमा परेर घरबारविहीन बनेका गृह जिल्लाका विभिन्न स्थानका पीडितहरूका लागि उक्त संख्यामा  घर निर्माण कार्य सम्पन्न गरेको हो  । मोनाको पुनर्वास योजनालाई स्थानीय तह तथा परोपकारी संस्था ओम कुमारी शान्ति कोषले पनि सघाएको हो l

पुनः निर्माण समितिका संयोजक तथा सङ्घका अध्यक्ष ओम नारायण जुग्जालीका अनुसार घरहरू निर्माण भएर हस्तान्तरण गर्ने तयारीमा रहेको र सामान्य रंगरोगन बाहेक सबै कार्य सम्पन्न भई सकको छ । उहाँका अनुसार निषेधाज्ञा खुल्ने बित्तिकै पीडितहरूलाई घर हस्तान्तरण गरिनेछ ।

जिल्लाको मालिका गाउँपालिका–७ विममा १०, धवलागिरिमा १४, मङ्गला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४ / ४ वटा गरी ४०  घर निर्माण गरिएको हो । करिब २ करोड लगानीमा बनेका उक्त घरहरू भूकम्प प्रतिरोधी हुन् । प्रत्येक घरमा भान्छा कोठासहित ३ ओटा कोठा रहेका छन् । गत माघबाट निर्माण कार्य शुरु गरिए पनि कोरोनाको  बन्दाबन्दीले समयमै घर बन्न नसकेको सङ्घका महासचिव विक्रम कार्कीले बताउनुभयो ।

विश्वका करिब २८ राष्ट्रमा फैलिएको मोनाको उक्त अभियान सफल बनाउन सबै प्रवासी म्याग्देली तथा एनआरएनए लगायत दाताहरूले सहयोग गरेका थिए । मोनाले अति आवश्यक परेको ठाउँमा घर निर्माण गर्दै दुःखसुखमा मोना छ  भनेर विश्वास दिलाएको छ । २०७७ सालको पहिरोबाट जिल्लाका करिब १ हजार ६८ घरमा क्षति पुगेको थियो ।

जिल्लामा बाढी पहिरो पीडितहरूका  लागि सरकारी स्तरबाट सुस्त गतिमा काम भइरहेको भन्दै पिडितहरुले गुनासो गरिरहेका छन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button