भुर्जुङखोलामा भएकाे रक्तदानमा ५६ युनिट रगत संकलन

पाेखरा न्यूज । कोरोना महामारीकाे जोखिमका कारण बिरामीले रगतकाे अभाव भाेग्न नपराेस् भन्ने उद्देश्यले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २ भुर्जुङखोलामा  आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

ग्रीनफोर्स युथ क्लब भुर्जुङखोलाको आयोजना र जिल्ला रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ५६ युनिट रगत संकलन भएको छ।

क्लबले सार्दीखोला स्वास्थ्य चौकीमा संचालित आइसोलेशन कक्षको व्यवस्थापनमा रु. २० हजार सहयोग पनि गरेको जानकारी सो संस्थाका कोषाध्यक्ष राजेन्द्र आचार्यले जानकारी दिनुभएकाे छ ।

क्लबका अध्यक्ष राम प्रसाद गुरुङले संकटको बेलामा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button