गण्डकी प्रदेश सभाकाे बैठक सुरु

पाेखरा न्यूज । गण्डकी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत माग्नुभएकाे छ ।

प्रदेश सभाबाट विश्वासकाे मत लिनका लागि मुख्यमन्त्री गुरुङले जेठ २५ गते प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएकाे हाे ।

प्रदेश सभामा सबैभन्दा ठूलाे दलको हैसियतले बैशाख २९ गते नेकपा एमालेका संसदीय दलका नेता गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियाे ।

यसअघि वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएकाे थियाे । उहाँकाे राजिनामा पछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकोमा दलहरूले बहुमत प्रदेश सांसदहरुकाे हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गर्न सकेका थिएनन् ।

प्रदेशमा सबभन्दा ठूलो दल एमालेका नेता गुरुङ पुन मुख्यमन्त्री बन्नु भएकाे हाे । बहुमत प्रदेश सदस्यहरुकाे समर्थन नभएर अल्पमतकाे सरकारकाे नेतृत्व गर्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ संवैधानिक व्यवस्था छ ।

विश्वासको मत लिनु ४८ घण्टा अघि प्रदेश सभामा प्रस्ताव दर्ता गर्नुपर्ने व्यवस्था छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button