प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, गृहमन्त्रीमा कास्कीका खगराज

पाेखरा न्यूज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ ।

प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफैसँग राख्नुभएकाे छ भने गृहमन्त्रीमा कास्कीका खगराज अधिकारी नियुक्त हुनु भएकाे छ ।

सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त मन्त्रीपरिषद्मा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट पुन एक मन्त्री थपिनु भएकाे छ।

यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्रीसहित १८ मन्त्री र तीन राज्यमन्त्री पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button