अभिनेत्रीमा पुस्तक पढ्ने हुटहुटी

अध्ययनले मानिसको कल्पनशिलता बढाउँछ

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । नेपाली फिल्मका दर्शक तथा शुभचिन्तकले कलाकारलाई एउटा आरोप लगाउने गर्दछन् । त्यो के भने कलाकारहरु अध्ययनशिल छैनन् । पुस्तक पढ्दैनन् । सामान्य विषयवस्तुको बारेमा जानकारी समेत राख्दैनन् । हुनपनि केही कलाकार सामान्य विषयस्तुलाई समेत ख्याल नदिइ बोलदाखेरी समस्या पर्ने गरेका छन् । यहीं कारण उनीहरुको आलोचना हुने गरेको छ । केही कलाकारले गरेका यस्तै गल्तीलाई देखाउदै सबै कलाकार उस्तै हुन् भन्ने समेत गरिन्छ ।

हुनपनि विभिन्न पृष्ठभुमीका कलाकारको आगमन नेपाली फिल्म क्षेत्रमा हुने गरेको छ । विभिन्न ठाउँ, समुदाय, क्षेत्र, भाषा, लिङ्गको प्रतिनिधित्व फिल्म क्षेत्रका कलाकारले गर्नुभएको हुन्छ । त्यसैले समेत सबैको रुचि एउटै हुँदैन । कतिले रुचि भएपनि अवसर पाउनु हुँदैन । अवसर पाउँदा पाउँदै पाएको अवसरको सदुपयोग नगर्ने समेत उतिकै हुनुहुन्छ । तरपनि पुस्तक अध्ययन गरेर आफुलाई अभ्यस्त राख्न खोज्नेको कमी भने फिल्म क्षेत्रमा छैन । पुस्तक पढ्ने शैली भने सबैको एउटै हुँदैन । कसैले धेरै पुस्तक पढ्न खोज्नुहुन्छ । कोहीले छनोट गरेर पढ्नुहुन्छ । कोहीले आवश्यकता हेरेर पढ्नुहुन्छ । इच्छा, रहर हुँदाहुँदै पनि केही कलाकारले पुस्तक अध्ययनमा जोड दिनसक्नुभएको छैन ।

पुस्तक अध्ययनमा रुचि राख्नेमा अभिनेत्री सुरक्षा पन्त पर्नुहुन्छ । साहित्यका विभिन्न विधा मध्ये उहाँ बढी प्रभावित भएको विधा कविता हो । किताब पढ्दा मनपरेको पात्रसँग सँगै यात्रा गर्ने बानी उहाँमा छ । बुटबलमा जन्मिनुभएकी पन्तले न्यु होराइजन इङलिस बोडिङ स्कुलमा पढ्नुभएको थियोे ।

मेरो पढ्ने कौतुहलतमा मलजल गर्ने काम स्कुलले गरेको हो । मुरारी पराजुली भन्ने नेपाली शिक्षक हुनुहुन्थ्यो । उहाँ जहिले पनि क्लाससमा किताब बोकेर बस्नुहुन्थ्यो । हामीलाई नेपाली व्याकरण पढाएपछि उहाँले पोडियम अगाडि बसेर किताबहरु पढिरहने गर्नुहुन्थ्यो । उहाँको हरेक गतिविधि मलाई मनपथ्र्यो । उहाँको बोल्ने तरिका, उच्चारणको शैली, नेपाली भाषालाई उहाँले गर्ने माया देखेर नै म नेपाली साहित्यप्रति प्रभावित बनेको हुँ । किनकी मलाई त्यतिबेला नेपाली साहित्य भनेको एकदमै महत्वपूर्ण ठाउँ हो त्यहाँ पुग्नुपर्छकी भन्ने हुन्थ्यो । पन्तले भन्नुभयो ।

सुरुमा स्कुलका स्टोरी बुकबाट बढि आर्कषित भए । किताबमा कथा पढ्ने वित्तिकै के–के सोच्न थाल्थे । पढ्ने बानीले मेरो सिर्जनशिलता भन्ने चिजको चेत भयो । किताबमा देखेको कुरा आँखा अगाडि देख्न सक्ने रहेछु भन्ने लाग्नथाल्योे । विस्तारै टेष्ट बुक बाहेकका किताब पढ्न थाले । ‘द काइट रनर’ भन्ने किताब पढेपछि मलाई नयाँ अनुभव गरायो । किताब भनेको कथा मात्र होइन रहेछ । कथासँग जोडिएका विभिन्न कुराहरु, इतिहासका कुराहरु भन्ने बुझाउने राम्रो माध्ययम हो भन्ने मलाई फिल ‘द काइट रनर’ पढेपछि गराएको थियो । त्यो किताब पढेपछि आफ्नो इम्याइजिनेशनको एरियाबाट बाहिर निस्कन सकेको थिइन ।

किताब पढ्ने हुटहुटीमा विभिन्न किताब पढ्न थालियो । चाहिने भन्दा बढी ओभर थिङ्किङ माहोल सेटअप गर्न थाल्यो । त्यसपछि मैले किताब फिल्टर गरे पढ्न थाले । केही किताब मेरो स्मरणमा आउँछन् । दुईवर्ष अगाडि पढेको ‘शिरिषको फूल’ किताबले एकदमै ‘हन्ट’ गरेको थियो । यसरी मेरो साहित्य तर्फको रुचि किताबको माध्यमबाट फाट्टफुट्ट रहन्थ्यो । हुनत मेरो साहित्यको रुचि कविताको माध्यमबाट बढी थियो । स्कुलमा सुनि आएका कविताहरु पढ्दा रमाइलो लाग्थ्यो । पाठ्यक्रममा समावेश भएका लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ आदिका कविताहरुबाट प्रभावित बने । विस्तारै विभिन्न कविका कविता पढ्न थाले । कति कविता अझैपनि स्मरणमा छ । कविताप्रतिको आर्कषणले मेरो साहित्य तर्फको रुचि झनै बढेर आएको हो ।

कलाकारले पुस्तक अध्ययन गर्दैनन् भन्ने आरोपमा केही सत्यता भएको अभिनेत्री पन्त स्विकार्नुहुन्छ । यो आरोप केही हदसम्म सही हो । किनकी यसलाई पूर्ण रुपमा नकार्न सकिदैन । कलाकारिताको एउटा ठुलो मुहान भनेको पठनपाठन पनि हो है भन्ने स्कुलिङ नेपाली सिनेमा क्षेत्रमा कम नै देखिन्छ । तर पठनपाठन गर्दैमा एकदमै राम्रो कलाकार हुने पठनपाठन नगर्दैमा कलाकार क्राप्टमा कमशल हुन्छ भन्ने सोच भने सही हुँदैन । तर अध्ययनले मानिसको कल्पनसिलता बढाउने भएकोले यो जरुरी छ । कलाकार जन्माउने क्रममा नै उनीहरुलाई पुस्तक पढ्नुपर्छ भन्ने कुरालाई इनफोर्स गर्न जरुरी छ । कलाकारमा इमाइजेसनको दायरा बढाउनको लागि यो महत्वपूर्ण पक्ष हो । यसले कलाकारलाई सबैभन्दा ठुलो जिम्मेवारीलाई पुरा गर्न सघाउँछ ।

अभिनेत्री पन्तले यतिबेला पुस्तक अध्ययनको रफ्तारलाई केही घटाएको बताउनुहुन्छ । फरक पाटोबाट अभिनय क्षेत्रमा अगाडि बढ्न आफू लागेको उहाँले खुलाउनुभयो । म केही समय अभिनयको अर्को आयामबाट अगाडि बढ्न खोजिरहेको छु । अभिनयका विभिन्न पक्षहरुलाई अर्कोपाटोबाट केलाउन प्रयास गर्दैछु । त्यसकारण किताब पढ्ने काम थोरै लिमिट भएको छ । यसको अर्थ किताब पढिदैन भन्ने हैन । कुनै किताबहरु यस्तरी पढिन्छकी त्यो किताब फेरि पढ्न मनलाग्छ । किताब पढ्दा संख्यात्मकता भन्दा पनि गुणात्मकताको ठुलो रोल रहन्छ । यसमा ध्यानदिनुपर्छ । म सबैलाई पढ्नुपर्छ भन्ने कुरालाई जोड दिन चाहन्छु । मलाई किताबको राइटर भन्दापनि जनराले आर्कषित गर्दछ । किताब अध्ययनले म को हुँ भन्ने उत्तर खोज्न सजिलो पार्छ ।

यता अभिनेत्री उषा रजक बाल्यकालदेखिनै किताब पढ्न रुचाउने स्वभावको व्यक्ति आफू भएको सुनाउनुहुन्छ । सानोमा पढ्न नुहने किताब पढ्दा आमाको गाली खाएको उहाँले अझै विर्सनुभएको छैन ।

हामी पाँच जना दिदी बहिनी हो । म सबैभन्दा कान्छी । नयाँ शैक्षिक सत्रमा स्कुल सुरुहुने बेलामा घरमा सबैका लागि नयाँ–नयाँ किताब आउँथे । मैले एकहप्ता भित्र चारजना दिदीहरुको सबै किताब पढेर भ्याइसक्थे । अग्रेजी, नेपाली किताब मैले पढ्थे । विशेषत साहित्यिक किताब छिटो–छिटो पढेर सिध्याईहाल्थे । यसो गर्दा रमाइलो हुन्थ्यो । घरभरी फरक–फरक उमेर समुहको किताब नै किताब हुन्थे । दिदीले ब्रिटिश स्कुलमा काम गर्नुहुन्थ्यो । ब्रिटिस राइटरसँग नजिकियौ । सोही कारण ब्रिटिस राइटरका राइटरका धेरैनै किताब पढियो । सानोमा मैले अलिअलि पढ्न नहुने किताबहरु समेत पढे जस्तो लाग्छ । किनभने आमाले मलाई कति गाली गर्नुहुन्थ्यो । रजकले भन्नुभयो ।

अभिनेत्री रजकलाई विपि कोइरालाको किताब समेत एकदमै मनपथ्र्यो । यौन मनोविज्ञानको बारेमा त्यस समयमा खासै छलफल गरिदैनथ्यो । त्यस्ता किताब उहाँले पढ्नुहुन्थयो । यस्ता किताबका राइटरहरुले एकदमै आर्टिस्टिक ल्याङवेजमा क्रान्ति गर्दै हिड्ने गरेको अनुभुती उहाँलाई हुन्थ्यो ।

उहाँले अध्ययन गरेका विभिन्न पुस्तक मध्येमा पारिजातको शिरिषको फूलको सकम्बरी पात्र साह्रै मनपर्छ । उक्क्त क्यारेक्टर बन्न पाए भन्ने उहाँलाई छ । नेपाली तथा विदेशी राइटर गरेर दुवैका पुस्तक उहाँले अध्ययन गर्नुहुन्छ । जुन अहिलेसम्म समेत जारी रहेको छ । सबै कलाकारको स्वभाव, रुचि, व्यागराउण्ड एउटै नहुने भन्दै कलाकारले पुस्तक नै अध्ययन गर्दैनन् भन्ने नभएको सुनाउनुहुन्छ । विभिन्न पृष्ठभूमी, भुगोल, ठाउँ, समुदायबाट कलाकार आउनुभएको कारण सबैको स्वभाव एउटै नहुने उहाँको बुझाई छ ।

अभिनेत्री वेनिशा हमाल किताब अध्ययन गर्दा धेरै चरित्रहरु भेटिने बताउनुहुन्छ । कलाकारलाई लिएर साहित्य बहसहरु खासै नभएकोले गर्दा दर्शकलाई कलाकारले किताब अध्ययन गर्दैनन् भन्ने भएको हुृनसक्ने उहाँको तर्क छ । पछिल्लो क्रममा कलाकारलाई लिएर साहित्यसँग रिलेटेड कार्यक्रम तथा बहसहरु भएनन् । सोही कारणले गर्दा कलाकारले पढ्दैनन भन्ने कुरा निस्क्यो जस्तो लाग्छ । नेपाली फिल्म क्षेत्रमा किताब पढ्ने कलाकार धेरै हुनुहुन्छ । किताब भनेको कथा मात्रै हैन । सघर्ष हो । समाजको ऐना हो । किताब पढिराख्दा धेरै चरित्रहरु भेट्छौ । चरित्रहरुको व्यागराउण्ड स्टोरील गर्दा व्यवहारहरु थाहा पाउछौँ । चरित्रहरुसँगै हामी अगाडि बढ्छौ ।

त्यो अगाडि बढिराख्दाखेरी उतार चढाबहरु आउँछ । सोही अनुसार हाम्रो इमोसनमा पनि उतार चढाव हुन्छ । पात्र खुशी हुँदा खुशी हुने पात्रलाई दुःखपर्दा दुखी हुने रुने हुन्छ । सोही कारण मलाई किताब पढ्न मज्जा लाग्छ । मैले गतवर्षको लकडाउनमा मैले नयनराज पाण्डेको दुइवटा पुस्तक पढ्ने मौका पाएको थिए । ‘सल्लीपिर’ र ‘लू’ यी दुई फरक सेटिङमा लेखिएका कथा थिए । सल्लीपिर भनेका हिमालको कथा तथा लु भनेको मधेशको कथा छ । सल्लीपिरको ‘पेमा’ भन्ने क्यारेक्टर मलाई मनपर्छ । पेमाको सर्घषले छोएको छ । केही विदेशी राइटरको पुस्तक अध्ययन गरे । अहिलेपनि पुस्तक अध्ययन गरिरहेको छु । सम्रगमा मलाई पुस्तक अध्ययन गर्न मनपर्छ । उहाँले भन्नुभयो ।
(क्लव हाउसमा ‘सेलिव्रेटीको साहित्य पठन’ शिर्षकको छलफल सुनेपछि)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button