कास्कीमा ११८ सहित प्रदेशमा थप ५६६ मा कोरोना संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६० जना पुरुष तथा ५८ जना महिला गरी ११८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ६३३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५६६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ११८ सहित म्याग्दीका २१ जना, पर्वतका ४ जना, गोरखाका ७८ जना, लमजुङका ५१ जना तनहुँका ७१ जना, बाग्लुङका ८१ जना, स्याङ्जाका ४७ जना र नवलपुरका ९५ जना गरी प्रदेशका ९ जिल्लामा २८८ पुरुष तथा २७८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार ३८ पुगेको छ। पछिल्लो २४ घण्टामा ८०८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ६६१ पुगेको छ ।

गण्डकीमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८१७ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button