कास्कीगण्डकीमुख्य खबरसमाचार

पोखरा आइपुगेका डन गणेश लामा प्रहरीको नियन्त्रणमा

पोखरा न्यूज । गुण्डा नाइके ‘डन’ को रूपमा चिनिने गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञाकाको समयमा पोखरा आइपुगेका लामालाई सोधपुछका लागि नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बैदाममा राखिएको कास्की प्रहरी प्रमुख एवं एसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

‘निषेधाज्ञाकाको समयमा अचानक पोखरामा भेटिएपछि हामीले उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ , उहाँसँग सोधपुछ गर्ने कार्य जारी छ’, एसपी श्रेष्ठले भन्नुभयो ।

अचानक काठमाण्डौबाट पोखरा आइपुगेका लामालाई कास्की प्रहरीले पोखराको लेकसाइडबाट नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय बनेका लामा प्रदेश राजनीतिले नयाँ मोड लिएका बेला पोखरामा भेटिनुले राजनीतिक चलखेल गर्नका लागि आएको भनेर आशंका पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button