पुराना कतारी नोट जुन मसान्तभित्र सटही गर्नुपर्ने

तिलु शर्मा पौडेल, दोहा कतार । कतारको राष्ट्रिय दिवसको अवसर पारेर गत डिसेम्बरबाट पाँचौँ संस्करण अन्तर्गत नयाँ नोट बजारमा ल्याएको कतारको केन्द्रीय बैकले चौथो संस्करणका नोटहरू सटही गर्न पुन सूचित गरेको छ l

सूचना अनुसार पुरानो नोट यही जुन मसान्त सम्म मात्र बजारमा चल्ने छन् l १ जुलाई पछि पुरानो नोट चलनचल्तीमा नरहने केन्द्रीय बैकले जनाएको छ।

नयाँ नोटहरूमा एक,पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सयका रहेका छन् l कतारको इतिहासमा पहिलो पटक २०० रियालको नोट सार्वजनिक गरिएको छ l अहिले पनि चौथो संस्करणका नोटहरू बजारमा उपलब्ध छन् ।

यद्यपि पाँचौँ संस्करणको नोट चलनचल्तीमा आइसकेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button