आजको राशिफलः ज्येष्ठ २८ गते शुक्रबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७८–ज्येष्ठ–२८, शुक्रबार, नेपाल सम्वत् ११४१, तदनुसार जुन महिनाको ११, २०२१, ज्येष्ठशुक्लपक्ष, सम्वत्सरः राक्षस ।

तिथिः प्रतिपदा घ.प.३०ः२१(१७ः१८), नक्षत्रः मृगशीरा्, योगः शूलम्, करणः बालव, आनन्दादी योग: मानस

चन्द्रमाः मिथुन, सूर्यः वृष, अयनः उत्तरायण

सूर्योदयः ५ः९

सूर्यास्तः १८ः५८

आजको राशिफलः

मेष. आजको तपाईको दिनचर्या सुखद तवरले बित्ने देखिन्छ । खेलकुद र सञ्चारमा राम्रो हुने योग रहेको छ । परोपकारी कार्यमा मन जानेछ । बन्धुबान्धव, इष्टमित्रबाट सहयोग प्राप्त हुने योग देखिन्छ । स्वास्थ्यले तपाईलाई पूर्ण साथ दिनेछ ।

वृष. आजको तपाईको दिनचर्या राम्रो छैन । स्वास्थ्यमा सावधानि अपनाउनुपर्ने देखिन्छ भने बोलिमा विचार नपु¥याउँदा झैझडाको सम्भावना देखिन्छ । व्यापारमा कमी आउनेछ भने नराम्रा समाचार सुन्नुपर्ने योग रहेको छ ।

मिथुन. तपाईको आजको दिन उत्कृष्ट रहेको छ । सुखद यात्राको योग रहेको छ । सामाजिक कार्यमा मन जानेछ । अध्ययनमा रुचि बढ्नेछ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । मान सम्मानको योग देखिन्छ । सबैतिरबाट प्रशंसा हुनेछ ।

कर्कट. तपाईको आजको दिन सन्तोषजनक रहेकोछ । स्वास्थ्यमा सुधार आउनेछ । व्यापारमा राम्रो रहेको छ । मुद्दा मामिलामा विजयिको योग देख्न सकिन्छ । सकारात्मक समाचारले दिनचर्या खुसीमय बनाउने देखिन्छ ।

सिंह. तपाईको आजको दिनमा घरपरिवारबाट सहयोग प्राप्त हुनेछ । आर्थिक कारोबार राम्रो रहेको छ । अध्ययनमा मन जानेछ ।मान सम्मान र पुरस्कारले तपाइलाई प्रफुल्ल बनाउने छ । चिताएको काममा सफलता हात लाग्नेछ ।

कन्या. तपाईको आजको दिन त्यति राम्रो देखिदैन । स्वास्थ्यमा गढबढी हुने देखिन्छ । आर्थिक कारोबारमा राम्रो देखिदैन । आफन्तजनबाट धोका हुन सक्ने हुदा सावधानी अपनाउनुनै उत्तम हुने देखिन्छ ।

तुला. रोजगारीको अवसर प्राप्त हुने योग देखिन्छ । मिष्ठान्न भोजनको योग रहेको छ । रोजगारीका अवसरहरु प्राप्त हुनेछन् । व्यापार व्यवसायबाट राम्रो हुने देखिन्छ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

वृश्चिक. तपाईको आजको दिन ठिकै रहनेछ । गरेका कार्यहरु सम्पन्न गर्न बढी नै मेहनत गर्नुपर्ने देखिन्छ । अध्ययनमा रुचि जागृति भएपनि आलस्यताले सताउनेछ । सामाजिक कार्यमा जाँदा अपजस खप्नुपर्ने हुन्छ ।

धनु. पारिवारिक स्थितिमा सुधार आउँदा तपाइको आजको दिनचर्या सुखमय तवरले बित्ने देखिन्छ । मान–सम्मान प्राप्त हुनेछ । रोजगारीको अवसरहरु सृजना हुनेछ । महत्वपूर्ण कार्यहरु सफलतापूर्वक बन्ने दिन रहेको छ ।

मकर. तपाईको आजको दिन राम्रो छैन । साथि भाइसँग झगडाको योग रहेको छ । स्वास्थ्यमा समस्या देखिन्छ । अशुभ समाचार सुन्न पर्नेछ । जसभन्दा पनि अपजस खेप्नुपर्ने दिन आज तपाईको रहेको छ ।

कुम्भ. तपाईको आजको दिनमा रोकिएका काम बन्ने छ । रमाइले गरेर नै आजको दिन तपाईको बित्नेछ । व्यापार–व्यवसायमा राम्रो रहेको छ । धर्मकर्ममा मन जानेछ । शुभ समाचारहरु सुन्न पाइनेछ ।

मीन. सामाजिक कार्यमा सफलता प्राप्त गर्ने योग रहेकोछ । मातापिता र आफन्त मान्यजनबाट सहयोग प्राप्त हुनेछ । मुद्दा मामिलामा विजयीको यात्रा देखिन्छ । यात्रा पनि सुखद हुने देखिन्छ । पूर्णत आजको तपाईको दिन सुखद रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button