कास्कीमा १११ सहित प्रदेशमा थप ३७६ मा कोरोना संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६९ जना पुरुष तथा ४२ जना महिला गरी १११ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ४०२ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३७६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १११ सहित म्याग्दीका ३१ जना, पर्वतका ४४ जना, गोरखाका २७ जना, लमजुङका ३२ जना तनहुँका ३७ जना, बाग्लुङका ११ जना, स्याङ्जाका ५ जना, मुस्ताङका १ जना र नवलपुरका ७७ जना गरी प्रदेशका १० जिल्लामा २०० पुरुष तथा १७६ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार ४१४  पुगेको छ। पछिल्लो २४ घण्टामा ३४७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ३०८ पुगेको छ ।

गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८२३ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button