पोखरामा ओलीको षड्यन्त्र र जालझेल तत्काललाई परास्त : डा. भट्टराई

पोखरा न्यूज । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको षड्यन्त्र र जालझेल तत्काललाई परास्त भएको टिप्पणि गर्नुभएको छ ।

एमालेइतरका सांसदहरु  दृढतापूर्ण संघर्षका साथ् प्रदेशसभा  बिघटन बिरुद्ध उभिएकोले ओलीको षड्यन्त्र र जालझेल तत्काललाई परास्त भएको भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत  टिप्पणी गर्नुभएको हो । उहाँले ओली भाइरस रोग भएकाले पुन: षड्यन्त्र हुन् सक्ने भन्दै सतर्क रहन आग्रह समेत गर्नुभएको छ ।

भट्टराईले ट्विटरमा लेख्नुभएको छ, “ पोखरामा खड्गप्रसाद एण्ड कम्पनीको निर्लज्ज षड्यन्त्र र जालझेल तत्काललाई परास्त भएको छ । दृढतापूर्वक संघर्ष गर्ने एमालेइतर दलका सांसद र अन्त्यमा ससंना प्रदेशसभा बिघटनविरुद्ध उभिने एमालेका संसदलाई वधाई ! ओली भाइरस रोग हो , यो अझै निर्मुल भएको छैन । पुन : षड्यन्त्र हुनेछन, सतर्क रहौं !”

उहाँले  यसअघि  ओली भाइरसको महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भन्दै  त्यसको शसक्त प्रतिवाद गर्न आग्रह गर्नुभएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button