जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज

पोखरा न्यूज । बाग्लुङबाट निर्वाचित रास्ट्रीय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । पार्टीले निर्देशन अवज्ञा गरेको भनेर सांसद थापालाई कारबाही गरेको थियो । त्यसको बिरुद्ध उहाँ अदालत जानु भएको थियो ।

यसअघि सर्वोच्च अदालतले उहाँलाई सांसद पदमा थमौती गर्ने अन्तरिम आदेश  दिएको थियो  । आज त्यसलाई अदालतले खारेज गरेको छ ।

प्रदेशका  पृथ्वीसुब्बा गुरुङकाे विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै पार्टी सदस्य समेत नहरने गरी थापालाई कारबाही गरेको थियो ।

प्रदेशसभामा २७ जेठमा मुख्यमन्त्रीले विश्वासको मत लिँदा उहाँ तटस्थ बस्नुभएकाे थियाे । यसअघि २० जेठमा पनि थापालाई जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो ।

सांसद थापाले आफूलाई कानूनविपरीत कारवाही गरेको हुँदा पुनः बहाली गर्न माग गर्दै यही जेठ २३ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्चले  थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको थियाे । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले उहाँलाई पदमुक्त गर्ने निर्णयको कार्यान्यन गर्न अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशसँगै उहाँ पुनःबहाली हुनुभएको थियो ।

आजको अदालतको आदेशसँगै उहाँको सांसद पद खारेज भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button