कास्कीमा ५८ सहित प्रदेशमा थप ३४३ मा कोरोना संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २८ जना पुरुष तथा ३० जना महिला गरी ५८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १७३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३४३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ५८ सहित म्याग्दीका ५ जना, पर्वतका ३८ जना, गोरखाका ३० जना, लमजुङका ३५ जना तनहुँका ५ जना, बाग्लुंगका १२० जना  स्याङ्जाका १ जना र नवलपुरका ५१ जना गरी प्रदेशका ९ जिल्लामा १६७ पुरुष तथा १७६ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ६४७ पुगेको छ। पछिल्लो २४ घण्टामा ८४२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ४६१ पुगेको छ ।

गण्डकीमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८५० पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button