दिउँसो १२ बजेसम्म यी जिल्लाहरुमा भयाे भारी वर्षा

पाेखरा न्यूज । आज दिउँसो  १२ बजेसम्म पछिल्लो २४ घण्टामा कास्की, म्याग्दी,  चितवन, नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा र आसपासका जिल्लाहरुमा भारी बर्षामापन  भएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

विभागका अनुसार ती जिल्लाहरुमा थप बर्षा हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्र, कमजोर तथा भिरालो जमीन र डुबान भईरहने होचा स्थानमा आज रातीसम्मै उच्च जाेखिम रहेकाे छ ।

त्यस्ता उच्च जाेखिम रहेका स्थानमा सतर्कता अपनाउन विभागले सर्वसाधरणहरुलाई अनुराेध गरेकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button