दीपक मनाङेसँग जोडेर आएको समाचार झुठोः पूर्वमुख्यमन्त्री गुरुङ

पोखरा न्यूज । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) सँग जोडेर आएको समाचारमा झुठो भएको बताउनु भएको छ । प्रदेश सांसद मनाङेका सहयोगी वा प्रतिनिधिसँग कुनै छलफल नभएको भन्दै झुठको खेती नर्गन आग्रह गर्नभएको छ । बुधबार एक अनलाइनले आफूसँग जाेडेर प्रकाशित गरेकाे समाचार झुठाे भन्दै त्यसबारे ध्यानाकर्षण भएकाे बताउनु भएकाे छ ।

नेकपा एमाले नेता समेत रहनुभएको पूर्वमुख्यमन्त्री गुरुङले मन्त्रिपरिषदको अन्तिम बैठकभन्दा अघिल्लो दिनपछि आजसम्म न भेटघाट भएको छ, न कुराकानी भन्दै , सांसद राजीव गुरुङसँग त्यति बेला पनि समाचारमा भनिएको जस्तो विषयमा कुराकानी नभएको स्पष्ट पार्नु भएको छ । मनाङे पूर्वमुख्यमन्त्रीकाे मन्त्रीपरिषदमा युवा तथा खेलकुद मन्त्री हुनुहुन्थ्याे ।

पछिल्लाे समय राजनीतिक चरित्रहत्या गर्ने उद्देश्यले सांसद मनाङेले उहाँबारे दिएका अभिव्यक्ति समेत अशोभनीयमात्रै होइन आपत्तिजनक पनि रहेकाे पूर्वमुख्यमन्त्रीले बताउनु भएकाे छ । त्यस्ता अभिव्यक्ति दिएर राजनीतिक र संसदीय मर्यादाको खिल्ली नडाउन पनि विशेष आग्रह गरिएकाे छ ।

पूर्वमुख्यमन्त्रीद्वारा आज यसबारे जारी भनाइ यस्ताे छः

ध्यानाकर्षण !

कृपया झुठको खेती नगरौं । हल्ला नपत्याऔं । राजीवका सहयोगीसँग छलफल भएको होइन ।

गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) सँग पूर्वमुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङज्यूलाई जोडेर बुधबार एउटा अनलाइन समाचार माध्यममा आएको समाचार झुठो हो । माननीज्यूले राजीव वा उनका सहयोगी या प्रतिनिधिसँग कुनै छलफल गर्नुभएको छैन ।

प्रदेश सभाका सांसद राजीवसँग मन्त्रिपरिषदको अन्तिम बैठकभन्दा अघिल्लो दिनपछि आजसम्म न भेटघाट भएको छ, न कुराकानी । र, सांसद राजीव गुरुङसँग त्यति बेला पनि समाचारमा भनिएको जस्तो विषयमा कुराकानी भएको थिएन ।

माननीय पूर्वमुख्यमन्त्रीज्यू विधि, पद्धति र लोकतान्त्रिक अभ्यासको पुजारीमात्रै हुनुहुन्न, त्यसको असली अभ्यासकर्ता पनि हुनुहुन्छ भन्ने पटकपटक उहाँका व्यवहारबाट पुष्टि भइसकेको छ । यसमा कुनै भ्रम राख्न जरुरी छैन ।

राजनीतिमा नैतिक सिद्धान्तका आधारमा मात्रै अघि बढ्ने पूर्वमुख्यमन्त्रीज्यूको छविलाई धुमिल पार्ने दुरासय राखेर फिजाइएका हल्लाको पछि नलाग्न र त्यस्ता झुठा समाचार नपत्याउन विशेष अनुरोध छ ।

पूर्वमुख्यमन्त्रीज्यूलाई लिएर सांसद राजीवबाट पछिल्लो समय आएका अभिव्यक्तिसमेत अशोभनीयमात्रै होइन आपत्तिजनक छन् । उहाँको राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यसहित त्यस्ता अभिव्यक्ति दिएर राजनीतिक र संसदीय मर्यादाको खिल्ली नडाउन पनि विशेष आग्रह छ ।

विक्रम न्यौपाने
प्रेस संयोजक
पूर्वमुख्यमन्त्री, पृथ्वीसुब्बा गुरुङ

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button