मोना कतारको म्याग्दीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग (फोटो फिचर)

तिलु शर्मा पौडेल, दोहा कतार । कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले म्याग्दीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग छ । म्याग्दीमा कोभिड–१९ को दोस्रो भेरियन्ट तीव्र रूपमा फैलिएसँगै सङ्क्रमितको उपचारमा सघाउन मोना कतारले जुटाएको सहयोगमार्फत ४० लिटर बराबरका ६ वटा अक्सिजन सिलिन्डर र ६ वटा अक्सिजन फ्लोमिटर हस्तान्तरण पठाइएको हो ।

मंंगलबार सदरमुकाम बेनीस्थित मोनाको कार्यालयमा मोना कतारका संरक्षक एवम् मोना आइइसिका सचिव रमेश पौडेलले सहयोग हस्तान्तरण गदै आगामी दिनमा समेत जिल्ला वासीको आवश्यकतालाई मध्यनजर गरी सहयोगलाई निरन्तरता दिने बताउनु भयो । ‘खाडीमा पसिना बग्दा सबैभन्दा धेरै सम्झना जन्मभूमिको हुन्छ । आफ्नो गाउँ ठाउँमा हुने समस्याले हामीलाई चर्को घामले भन्दा पनि बढी भतभती पोल्छ’ पौडेलले भन्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय तहले मोना कतारले गरेका सामाजिक तथा मानवीय सेवाबाट उत्साहित भएको बताउनु भएकाे थियाे।

स्थानीय तहले प्रवासी म्याग्देलीसँग निरन्तर सहयोग र सहकार्य गरिरहेको बताउँदै मोना कतारले उपलब्ध गराएको सहयोगलाई आवश्यक पर्ने स्वास्थ्य चौकीमा पठाउने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी सहित मङ्गला, मालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधि, मोना कतारका पूर्व सह कोषाध्यक्ष महेन्द्र बोहरा लगायतको उपस्थिति रहेको थियो । म्याग्दी जिल्लामा कोरोनाका संक्रमतिको सङ्ख्या तीव्र गतिमा बढ्न थालेपछि प्रवासमा सबैभन्दा पहिलो सहयोग अभियान मोना कतारले सञ्चालन गरेको थियो ।

गृह जिल्लामा अक्सिजन लगायतका अति आवश्यक सामाग्रीहरू पठाऔँ, बिरामी तथा आफन्तको उद्धार गरी ज्यान बचाऔँ’भन्ने मूल नाराका साथ संस्थाले करिब ४ लाख नेपाली रुपैयाँ सङ्कलन भएको अभियानका संयोजक राजु पौडेलले जानकारी दिनु भयो । उक्त सहयोगबाट मोना आईसिले म्याग्दीमा प्रदान गर्न अक्सिजन कन्सन्ट्रेटर १ लाख सहयोग गरिएको अध्यक्ष नरेन्द्र फगामीले बताउनु भयो । उहाँका अनुसार एक स्थानीय तहलाई करिब ३० हजार बराबरको सहयोग गरिएको छ ।

‘कतारमा रहेका म्याग्देलीले आफ्नो गाँस काटेर भए पनि जिल्लामा परेको समस्यामा सहयोग गर्ने बाचा गछौं,‘यो कर्मभूमिबाट जन्मभूमिका लागि सहयोग गर्नेलाई धन्यवाद दिन चाहन्छु’ अध्यक्ष फगामीले भने । कार्यक्रमको सहजीकरण मोना कतारका सञ्चार संयोजक हरिकृष्ण गौतमले गर्नु भएको थियो।

(म्याग्दीबाट मोना कतारका सञ्चार संयोजक हरिकृष्ण गौतमको सहयोगमा)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button