एनआरएनए कतारको पञ्जीकृत सदस्यताको अन्तिम नामावली सार्वजनिक

निर्वाचन समितिले पायो पूर्णता

तिलु शर्मा पौडेल, दोहा कतार l गैर आवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतारले २०२१/२३ कार्यकालका पञ्जीकृत सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको छ l सङ्घले एक विज्ञप्ति जारी गर्दै दस हजार पैतीस जनाको पञ्जीकृत सदस्यता स्वीकृत भएको जनाएको छ l

गत २४ अप्रिलबाट खुल्ला गरिएको पञ्जीकृत सदस्यता ३२ दिनमा बन्द गरिएको थियो । सदस्यताबाट मात्र सङ्घले ३ लाख ५१ हजार २ सय २५ रियाल अर्थात् करिब नेपाली १ करोड १२ लाखको हाराहारीमा नगद आम्दानी गरेको छ l १४,४५० जनाले पञ्जीकृत सदस्यताका लागी आवेदन दिए पनि एकै ब्यक्तिको डकुमेन्टबाट बहुसख्यक आबेदनहरु भरिएको लगायत बिबिध कारणले ४ हजार ४ सय ४५ जनाको आबेदन अस्वीकृत भएको सङ्घले जनाएको छ l

निर्वाचन समितिले पायो पूर्णता

एनआरएनए कतारको नवौँ अधिवेशनका लागि तेस्रो तथा अन्तिम परिषद् भेलाबाट एनआरएनए आइसिसी सदस्य रमेश भट्टलाई निर्वाचन समितिको संयोजकमा चयन गरेको थियो l सङ्घले जारी गरेको सूचना अनुसार निर्वाचन समितिका सदस्यहरूमा शिव कुमार भुजेल , केदारनाथ भुसाल, थाम कुमार गिरी, शेख शहनवाज, हिराधन राई र सिताराम थापा रहेका छन् l

समितिका सदस्यहरू विभिन्न राजनीतिक दल, जनजाति तथा पत्रकारहरूकातर्फबाट पठाइएका प्रतिनिधि हुन् l सङ्घको निर्वाचन ९ जुलाई तथा नवौँ महाधिवेशन १६ जुलाई २०२१ मा हुदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button