कास्कीमा १०५ सहित प्रदेशमा थप ४०८ मा कोरोना संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५६ जना पुरुष तथा ४९ जना महिला गरी १०५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३८४  जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४०८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १०५ सहित म्याग्दीका ५ जना, पर्वतका ४ जना, गोरखाका १६ जना, लमजुङका ५८ जना तनहुँका ८७ जना, बाग्लुङका ५६ जना  स्याङ्जाका ८ जना र नवलपुरका ६९ जना गरी प्रदेशका ९ जिल्लामा २०६ पुरुष तथा २०२ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५१  हजार ४३५ पुगेको छ। पछिल्लो २४ घण्टामा ५२५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४५ हजार ३४६ पुगेको छ ।

गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८६१ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button