कास्कीमा ८१ सहित प्रदेशमा थप १८४ मा कोरोना संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४३ जना पुरुष तथा ३८ जना महिला गरी ८१ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १२४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १८४ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ८१ सहित म्याग्दीका १ जना, पर्वतका २६ जना,  लमजुङका १ जना तनहुँका २८ जना, बाग्लुङका १८ जना  स्याङ्जाका २ जना र नवलपुरका १७ जना गरी प्रदेशका ८ जिल्लामा ९८ पुरुष तथा ८६ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५१  हजार ९५२ पुगेको छ। पछिल्लो २४ घण्टामा ५१३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४६  हजार ४२५ पुगेको छ ।

गण्डकीमा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button