मेलम्ची नदीमा फेरि मंगलबारको जस्तै ठूलो आवाजमा बाढी

पोखरा न्यूज । सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएको छ ।

शुक्रबार अपराह्न केही घटेको बाढी साँझबाट फेरि बढेको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

प्रहरीका अनुसार बाढी हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको छ ।

मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।

मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button