विश्व संगीत दिवसमा अन्तरक्रिया गरिने

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराले विश्व संगीत दिवस मनाउने भएको छ । दिवसको अवसरमा भर्चुअल माध्यमबाट अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले बताउनुभयो ।

हरेक वर्ष जुन २१ तारेखका दिनमा मनाइने विश्व संगीत दिवस यो वर्ष असार ७ गते सोमबार परेको छ । संगीत दिवसको शुरुवात फ्रान्सबाट भएको मानिन्छ । प्रतिष्ठान गण्डकीको गत जेठ २७ गते सम्पन्न बैठकले दिवस भर्चुअल अन्तरक्रिया गरेर मनाउने निर्णय गरेको हो।

पोखरा न्युजसँग कुरा गर्दै अध्यक्ष गुरुङले संगीत दिवसको दिनमा कोरोना महामारीका कारण समस्यामा परेका ५० जना कलाकारलाई राहत सामाग्री वितरण गरिने जानकारी दिनुभयो । ‘रोग र भोकबाट कसैले पनि ज्यान गुमाउन नपरोस्, आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं,अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने’ भनेर सहयोग अभियान सञ्चालन गरिएको गुरुङले बताउनुभयो ।

प्रतिष्ठान गण्डकीले कोरोना महामारीबाट समस्यामा परेका कलाकारलाई सहयोग गर्ने उद्देश्यले कोभिड -१९ आकश्मिक सहयोग समिति गठन गरेको छ । प्रतिष्ठान गण्डकीको महिला उपाध्यक्ष माया गुरुङ संयोजकत्वमा राजन कार्की, इन्द्रा गुरुङ, राम्जी पौडेल र ज्योति लोहोनी रहेको सहयोग समिति गठन गरिएको थियो। विभिन्न कलाकार तथा शुभचिन्तक मार्फत समितिले राहत संकलन गरिरहेको छ ।

यसरी संकलित राहत कोरोना माहामारीबाट समस्यामा रहेका कलाकारहरुको तथ्याङ्क संकलन गरेर वितरण गर्न लागिएको हो । कोरोनाका कारण समस्यामा परेका कलाकारहरूको समस्या समाधान गर्न प्रदेश सरकार तथा प्रतिष्ठानको संरक्षक संस्था पोखरा महानगरपालिकाकासँग दोहोरी साँझमा कार्यरत कलाकार , सर्जक र कर्मचारीहरुलाई आवश्यकताका आधारमा राहत प्रदान, सुरक्षित रहनका लागि खोप प्रदान सहित संक्रमीत कलाकारलाई उपचारको व्यबस्था गर्न समेत प्रतिष्ठानले अनुरोध गरेको छ ।

प्रतिष्ठान गण्डकीले कोरोना कहरका कारण समस्यामा परेका कलाकारलाई यसअगाडि समेत सहयोग गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button