कास्कीमा १२० सहित गण्डकीमा थप ३४६ मा कोरोना संक्रमण

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६३ जना पुरुष तथा ५७ जना महिला गरी १२० जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १२६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३४६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १२० सहित म्याग्दीका ११ जना, पर्वतका ८ जना,  लमजुङका २२ जना तनहुँका ८८ जना, बाग्लुङका २५ जना  स्याङ्जाका ४० जना र नवलपुरका ३२ जना गरी प्रदेशका ८ जिल्लामा १७६ पुरुष तथा १७० जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५२  हजार २९८ पुगेको छ। पछिल्लो २४ घण्टामा ७९१ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २१६ पुगेको छ ।

गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८८१ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button