पाेखरामा सेतीमा नुहाउने क्रममा बगेकी ८ वर्षीय बालिकाकाे सकुशल उद्दार

पा‍ेखरा न्यूज । आज दिउसाे पाैने २ बजेकाे समयमा पाेखराकाे सेती नदीमा नुहाउने क्रममा बगेकी ८ वर्षीया बालिकाकाे सकुशल उद्दार गरिएकाे छ । पाेखरा महानगरपालिका २५ याम्दीकी अस्मिता मगर सेती नदीमा नुहाउन एक्लै गएकाे बेला बगाएकाे हाे ।

नदीले बगाउनसाथ स्थानीयले देखेपछि तत्काल उनकाे उद्दार गरी पश्चिमाञ्चल अस्पताल पाेखरामा उपचारका लागि पठाइएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।

ती बालिकालाई बगाएकाे ठाँउबाट करिब १५ सय मिटर तलबाट उद्दार गर्न सकिएकाे बताइएकाे छ । अहिले उनकाे अवस्था मध्यम र बाेल्न सक्ने रहेकाे प्रहरीले जानकारी दिएकाे छ । वडा प्रहरी कार्यालय बगर पाेखराबाट प्रहरी नायव निरिक्षक जसबहादुर बिककाे कमाण्डमा पाँच जना प्रहरीकाे टाेली उद्दारका लागि खटिएकाे हाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button