गण्डकीको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. काफ्ले

पाेखरा न्यूज । गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.रघुराज काफ्ले नियुक्त हुनुभएको छ ।

प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले डा काफ्लेलाई आज साे पदमा सपथ खुबाउनुभएकाे छ । मुख्यमन्त्रीकाे कार्यालय पाेखरामा एक कार्यक्रमका वीच उहाँलाई सपथ खुबाइएकाे हाे ।

तनहुँका डा काफ्लेले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकाे कार्यकारी निर्देशकका रुपमा कार्य गर्नु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button