‘कोभिड तनाव, प्रवासी नेपाली र वैदेशिक रोजगार’ विषयक अन्तरक्रिया

तिलु शर्मा पौडेल, दोहा कतार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाको संयोजकत्वमा गत जेष्ठ ७ गते प्रदेश नम्बर १ बाट सुरु भएको ‘कोभिड विरुद्धको हाम्रो अभियान’ अन्तर्गतको आठौँ संवाद शृङ्खला प्रवास अन्तर्गत मध्यपूर्वमा कोभिड तनाव, प्रवासी नेपाली र वैदेशिक रोजगार’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शृङ्खलामा काँग्रेसका नेता तथा कार्यकर्ताहरू, चिकित्सक मध्यपूर्व अन्तर्गत कतार, युएई, बहराइन, कुवेत, साउदी, ओमान, इजरायल र साइप्रस का जनसम्पर्क समितिका सभापति पदाधिकारी तथा सदस्यहरूको सहभागितामा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख आथिति पूर्व स्वास्थ्य मन्त्री काँग्रेसका केन्द्रीय सदस्य एव सङ्घीय सांसद गगन कुमार थापाले कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले कोरोना विरुद्धको खोप किन्ने अवसर गुमाएको आरोप लगाउनु भयो । सम्बोधनका क्रममा थापाले ‘गत पुस महिनामा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन नगरेको भए अहिलेसम्म नेपालमा खोप आइसक्ने थियो । संसद् चलेको भए संसद्‌ले निर्देशन दिन्थ्यो र सरकार खोप किन्न बाध्य हुन्थ्यो तर सरकारले त्यो अवसर पनि गुमायो । थापाले खोप किन्न खर्च गरिएको पैसा खर्च नभएर लगानी भएको पनि वताउनु भयो । अधिकांश जनताले खोप लगाइसकेपछि लकडाउन गर्नु पर्दैनथ्यो, अर्थतन्त्र चलायमान हुन्थ्यो र खोप किन्न खर्च गरेको ४०–५० अर्ब रुपियाँ उठिसक्थ्यो, ‘नालायक र अकर्मण्य प्रधानमन्त्रीका कारण देशले ठुलो क्षति व्यहोर्नु परेको छ थापाको आरोप थियो।

आफू स्वास्थ्य मन्त्री हुँदा भरतपुर अस्पतालमा २ करोड रुपियाँको लागतमा अक्सिजन प्लान्ट बनाउन सफल भएको भन्दै नेता थापाले गत माघ-फागुन महिनामा सरकारले अक्सिजनको प्रबन्ध गर्न नसक्दा सयौँ नेपाली नागरिकको ज्यान गएको वताउनु भयो । ‘प्रधानमन्त्रीको हातमा हत्याको दाग लागेको छ, कोरोना महामारीका बेला औषधि किन्दा भ्रष्टाचार गर्ने, महँगो चार्टर उडान गरेर कमिसन खाने यस्तो सरकार संसारमै कहीँ नभएको दाबी गर्दै थापाले महामारीमा सबैभन्दा महत्त्वपूर्ण कुरा समय हो । चीन र भारतमा कोरोना महामारी फैलिएको ३०-३५ दिनपछि नेपालमा कोरोना ‘लक्षण’ देखिएको हो तर सरकारले त्यो समयको उपयोग गर्न सकेन’ ।

कार्यक्रममा कन्सल्टेन्ट आयुर्वेद सर्जन मदन भण्डारीले कोरोना भाइरसको परिचय दिँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सका पद्दतिबाट कसरी ठीक पार्ने भन्ने बारेमा सुझावहरु प्रस्तुत गर्नु भएको थियो । केन्द्रीय सदस्य डा. सङ्ग्रौलाले देश कोरोना महामारीले आकुल व्याकुल भएका बेला कम्युनिस्ट सरकारको स्वार्थ केन्द्रित हुँदै महामारीका बेला संविधान मिचेर चुनाव घोषणा गरेर जनतालाई थप कष्ट प्रदान गरेको बताउँदै यो दुःखद अवस्थामा स्वदेश तथा विदेशमा रहेका नेपालीको माझमा यो कार्यक्रमले नेपाली काँग्रेस र आफू जनतासँगै रहेको आभास दिलाइरहेको वताउनु भयो । मध्यपूर्व र मलेसियाका नेपाली श्रमिकहरूले कोभिडका कारण जागिर गुमाएको जनाउँदै श्रम सम्झौता सकिएर घर फर्कनै पर्ने अवस्थाका श्रमिकहरूलाई अन्तर्राष्ट्रिय उडान स्थगित हुँदा ठुलो समस्या व्यहोरिरहेको बताउनुभयो । सङ्ग्रौलाले छुट्टीमा आएका श्रमिकहरू पनि सजिलै फर्कन नसक्ने अवस्थाले धेरैले रोजीरोटी गुमाउनु परेको उहाँको भनाइ थियो ।

करिब ४ घण्टा चलेको कार्यक्रममा विभिन्न देशमा रहेका जनसम्पर्क समितिका सभापतिहरूले आफू कार्यरत देशको साङ्गठनिक गतिविधि र कोभिडको मारमा परेका नेपालीहरूको अवस्था र समसामयिक विषयमा विभागीय प्रमुखमार्फत केन्द्रलाई जानकारी गराएका थिए । कार्यक्रमका वक्ताहरूले जनसम्पर्क समितिले कोभिड समयमा खेलेको भूमिकाका बारेमा जानकारी दिँदै कोभिडको समयमा सरकारको आक्रमणयता ले हामीलाई विना देशको नागरिक भए जस्तो महसुस भएको सरकार रेमिटेन्स कति आयो भनेर खोज्दछ तर नागरिक ले के पिडा खेपेको छ त्यो नखोजेको आरोप लगाएका थिए lकार्यक्रममा वरिष्ठ पत्रकार भागीरथ योगी लगायत जनसम्पर्क समितिहरूका उपसभापति, महामन्त्री र नेपाली काँग्रेस चौधौँ महाधिवेशनका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जनसम्पर्क समिति कतारका संस्थापक महामन्त्री, महासमिति सदस्य एव नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य विमल सुवेदीले गर्नु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button