पोखराबाट जाँदै गरेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा दुई जनाको मृत्यु

पोखरा न्यूज । पोखराबाट जाँदै गरेको मोटरसाइकललाई पोखरातर्फ आउँदै गरेको टिप्परले लक्ष्मी ढुङ्गा पत्थरमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार अन्नपूर्ण गाउँपालिका ३ स्थित लक्ष्मी देउरालीको पत्थरमा प्रदेश नं. ३-०१ -००३ क ५१७३ को टिप्परले ग २० प ६०३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार ५ बजे भएको दुर्घटनामा पर्वत भुक्ताङ्गे १ का ३३ वर्षीय विनोद मल्ल र अर्का नाम थर नखुलेका अन्दाजी ४४/४५ वर्षका पुरुषको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

टिप्पर चालक सिन्धुपाल्चोक इन्द्रावती १० का २५ वर्षीय सुरेश माझीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button