स्याङ्जामा नदी किनारमा ४० वर्षीय एक पुरुषको शव फेला

पोखरा न्यूज । आज बिहान पौने सात बजेको समयमा स्याङ्जाको कालीगण्डकी नदीको किनारमा अन्दाजी ४० वर्ष उमेरको एक जना पुरुषको शव फेला परेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरिक्षक बिनाेद सिलवालले दिएको जानकारी अनुसार कालीगण्डकी ५ बासटारी भक्याम बगरस्थित नदीको किनारमा सडेगलेको अवस्थामा नामथर र वतन नखुलेको पुरुषको शव फेला परेको हो ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button